शाहिद अफरीदी बांग्लादेशी पिचहरूप्रति असन्तुष्ट
शाहिद अफरीदी


नयॉं दिल्ली, 23 नोभेम्बर (हि.स.)। पाकिस्तानका पूर्व ब्याट्सम्यान शाहिद अफरीदीले बांग्लादेशका पिचहरूप्रति असन्तुष्टि व्यक्त गर्दै भनेका छन्, 'यदि बांग्लादेशी टीम वैश्विक क्रिकेटमा सफल बन्न चाहन्छन् भने राम्रो पिचहरूको निर्माण गर्नु पर्नेछ।'

अफरीदीले ट्वीट गरेर भनेका छन्, 'बांग्लादेशले वास्वतमा यदि विदेशहरूमा र विश्व कपमा राम्रो प्रदर्शन गर्नु हो भने केही राम्रो पिचहरू निर्माण गर्नु पर्ने आवश्यकता छ। उनीहरूसित धेरै प्रतिभा र जुनून छ, तर यदि उनीहरू अगाडी बढ्न चाहन्छन् भने उनीहरूलाई राम्रो पिचहरूको आवश्यकता छ।'

अफरीदीको टिप्पणी पाकिस्तान र बांग्लादेशबीच समाप्त भएको तीन टी20 म्याचको श्रृंखलापछि आएको छ। पाकिस्तानले यो श्रृंखला 3-0 ले आफ्नो नाम गरेको छ।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande