Custom Heading

सिलगढ़ीको ब्राईट स्पोर्टिङ क्लब मङपु गोल्डकपको सेमीफाइनल प्रवेश
ब्राईट स्पोर्टिङ क्लब


मङपु, 23 नोभेम्बर (हि.स.)। जयहरि बर्मनको ह्याट्रीकले ब्राईट स्पोर्टिङ क्लब सिलगढी मङपु गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ। मङपु युथ क्लबको आयोजनामा स्थानीय जनमैदानमा चौथो क्वाटर फाईनल खेल सपन्न भयो। पहिलो हाफमा ब्राईट स्पोर्टिङ क्लबले खेल शुरु भएको 16औं मिनटमा गरेको थियो। उक्त गोल जर्सी नम्बर 14 बिक्की रोईले गरेका थिए। तर, त्यसको लगत्तै फेरि दार्जीलिङ पुलिसको पक्षबाट 22औं मिनटमा जर्सी नम्बर 13 प्रशान्त राईले आकर्षक गोल गरेर आफ्नो दललाई बराबरीमा ल्याए।

दोस्रो हाफमा ब्राईट स्पोर्टिङ क्लबका खेलाडीले 47औं मिनटमा जर्सी नम्बर 10 जयहरि बर्मनले अर्को सुन्दर गोल गरेर आफ्नो दललाई 2 गोल गरेर बढ़त दिलाए। दोस्रो हाफको 68औं मिनट अनि 84औं मिनटमा फेरि जयहरि बर्मनले नै गोल गरेर ह्याट्रीक लगाउनुका साथै आफ्नो दलको निम्ति सेमीफाइनलमा स्थान पक्का बनाए।

पहिलो सेमीफाइनल खेल 25 नोभेम्बरको दिन कालेबुङ पुलिस अनि नर्थ बङ्गाल आर्म पुलिसमाझ हुनेछ। दोस्रो सेमीफाइनल खेल 26 नोभेम्बरको दिन ब्राईट स्पोर्टिङ क्लब सिलगढ़ी अनि युनाईटेड ब्रदर्स कालेबुङबीच हुनेछ। यस मङपु गोल्ड कपको फाईनल खेल मङपु जनमैदानमा 28 नोभेम्बरको दिन सप्पन्न हुनेछ। बिजय दललाई 2 लाख अनि उपविजेता दललाई 1 लाख रूपियाँसहित ट्रफी प्रदान गरिनेछ।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande