तालिबानको कब्जा भएदेखि अफगानिस्तानमा 257 मीडिया संस्थान बन्द
तालिबानको कब्जा भएदेखि अफगानिस्तानमा 257 मीडिया संस्थान बन्द


काबुल, 24 नोभेम्बर (हि.स)। अफगानिस्तानमा तालिबानको कब्जा भएदेखि 257 मीडिया संस्थानहरूलाई वित्तीय चुनौतीहरू र प्रतिबन्धहरूको कारण बन्द गरिएको छ। अफगानको टीवी च्यानल टोलो न्यूजको एक रिपोर्ट अनुसार, जो मीडिया संस्थान बन्द गरिएका छन्, त्यसमा प्रिन्ट, रेडियो, टीवी स्टेशन आदि सामेल छन्। तालिबानले 15 अगस्तमा पूरा कब्जा गरेदेखि 70 प्रतिशतभन्दा धेरै अफगान मीडियाकर्मीहरू बेरोजगार भएका छन् वा देश छोड़ेर गएका छन्। रिपोर्टमा यो पनि खुलासा गरिएको छ, तालिबानको अहिलेसम्मको शासनमा अज्ञात सशस्त्र मानिसहरूको हमला, विस्फोट र आत्महत्या सहित विभिन्न घटनाहरूमा छह पत्रकारको मृत्यु भएको छ।

यद्यपि, तालिबान नेतृत्व अफगानिस्तानको इस्लामिक अमीरात सरकारका अधिकारीहरूले बारम्बार आफू मीडियाको उपलब्धीहरू र अभिव्यक्तिको स्वतन्त्रताको रक्षाको निम्ति प्रतिबद्ध रहेको भनेका छन्। रिपोर्टमा अफगानिस्तान स्वतन्त्र पत्रकार संघका अध्यक्ष हुजातुल्लाह मुजादेदीको तर्फबाट भनिएको छ, ‘हामी आशावान् छौं, मीडियाको परामर्शपश्च्यात् यस मुद्दाको समाधान गरिनेछ’। अफगानिस्तान राष्ट्रिय पत्रकार संघका मीडिया अधिकारी मसरूर लुत्फीले भनेका छन्, ‘सूचनासम्म पहुँच बनाउनमा कानून र मीडिया कानून, जसको अहिले उपयोग भईरहेको छैन, त्यसलाई वर्तमान स्थितिको आधारमा औं मीडियाको परामर्शले संशोधित गरिने आग्रह गर्दछौं’।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande