डेढ़ करोड रूपियाँ मूल्यको नशाको टेबलेट उद्धार, तस्कर पक्राउ
डेढ़ करोड रूपियाँ मूल्यको नशाको टेबलेट उद्धार, तस्कर पक्राउ


गुवाहाटी, 24 नोभेम्बर (हि.स.)। गुवाहाटीको इन्टर स्टेट बस टर्मिनल(आईएसबीटी) बाट क्राइम ब्राञ्चको टीमले ड्रग्स तस्करीको मामिलामा एक तस्करलाई पक्राउ गरेको छ। पुलिसले बुधबार जानकारी गराएको छ, आईएसबीटी परिसरमा ड्रग्स सहित मोहम्मद सलामुद्दीन नाम गरेको एक तस्करलाई हिजो राति पुलिसले पक्राउ गरेको थियो।

घटनाको खबर पाउनसाथ क्राइम ब्राञ्चको टीमले अभियान चलाएर प्रतिबन्धित नशालु टेबलेटको तस्करी मामिलामा सामेल तस्कर मोहम्मद सलामुद्दीनलाई पक्राउ गऱ्यो। जफत गरिएको 50 हजार नशालुको टेबलेटको दर लगभग डेढ़देखि दुई करोड़ रूपियाँ मापिएको छ। पुलिसले यस सम्बन्धमा एनडीपीएस एक्ट अन्तर्गत एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेछ। पुलिस अनुसार, गड़चुक पुलिस थानामा तस्करसित केरकार जारी छ। यस मामिलाको जाँच डीसीपी नवनीत महन्तको नेतृत्वम भईरहेछ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande