न्यूजील्याण्डले आफ्नो देशका नागरिकहरूको निम्ति जनवरी 2022 देखि अन्तरराष्ट्रिय सीमा खोल्ने
न्यूजील्याण्डले आफ्नो देशका नागरिकहरूको निम्ति जनवरी 2022 देखि अन्तरराष्ट्रिय सीमा खोल्ने


वेलिङ्गटन, 24 नोभेम्बर (हि.स.)। न्यूजील्याण्ड सरकारले आफ्नो देशका नागरिकहरूको निम्ति जनवरी 2022 देखि अन्तरराष्ट्रिय सीमाहरूलाई पुनः खोल्ने फसेला गरेको छ। विदेशी नागरिकहरूलाई अप्रेल 2022 देखि न्यूजील्याण्डमा प्रवेश गर्ने अनुमति दिइनेछ। कोविड-19 रेस्पोन्स मिनिस्टर क्रिस हिपकिन्सले प्रेस कन्फ्रेन्समा बुधबार भनेका छन्, ‘सरकारले अधिकांश यात्रीहरूको निम्ति पृथकवासमा रहने अनिवार्यतालाई पनि समाप्त गरेको छ। अब पूर्ण रूपमा टीकाकृत कीवी (न्यूजील्याण्ड क्रिकेट टीमका सदस्य) र अन्य यात्री क्वारन्टाइन क्षेत्रमा नरही अस्ट्रेलियादेखि न्यूजील्याण्डको यात्रा गर्न सक्नेछन्। यो योजना 13 फरवरी 2022 मा स्थानीय समयानुसार राति 11.50 बजीदेखि लागू हुनेछ’।

उनी अनुसार, 30 अप्रेल 2022 देखि पूर्ण रूपमा भ्याक्सिनेटेड मानिसहरूलाई न्यूजील्याण्डको यात्रा गर्ने अनुमति हुनेछ। सबै यात्रीहरूलाई आफ्नो यात्राअघि नेगेटिभ कोरोना टेस्ट रिपोर्ट देखाउनपर्नेछ। यसका साथै भ्याक्सिनेशन प्रूफ पनि देखाउनपर्नेछ। मानिसहरूलाई समुदायमा प्रवेश गर्नअघि सात दिनसम्म सेल्फ आइसोलेशनमा बस्नपर्नेछ। साथै फाइनल पीसीआर टेस्ट देखाउपर्नेछ। उनले थप जानकारी गराए, कोरोना प्रतिबन्धमा अधिक विवरण दिसम्बरमा जारी गरी बाहिरबाट आउने मानिसहरू हवाई अड्डादेखि आफ्नो सेल्फ आइसोलेशनको स्थान र अन्य ठाउँ कसरी यात्रा गर्नसक्छन् यसबारे बताइनेछ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande