पश्चिम सिक्किमको तोयाङमा सप्ताहव्यापी 'धान कटाई महोत्सव 2021' समाप्त

loknath sharma_1 &nb 
गान्तोक, 24 नोभेम्बर (हि.स.)। पश्चिम सिक्किमको याङथाङ निर्वाचन क्षेत्र अन्तर्गत तोयाङमा आयोजित सप्ताहव्यापी 'धान कटाई महोत्सव 2021' आज विभिन्न रंगारंग सांस्कृतिक कार्यक्रमहरूको साथमा समाप्त भएको छ। यस अवसरमा राज्य कृषि एवं बागवानी तथा पशुपालन एवं पशुचिकित्सा सेवा विभागका मन्त्री लोकनाथ शर्मा मुख्य अतिथि थिए। कार्यक्रममा क्षेत्र विधायक एवं मन्त्री भीमहाङ सुब्बा विशिष्ट अतिथिको रूपमा उपस्थित थिए।

समारोह समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले धान कटाई महोत्सव आयोजन गरेर पारम्परिक तरीकामा कृषि अभ्यासहरूलाई प्रोत्साहन प्रदान गरेकोमा क्षेत्रवासीहरूलाई बधाई दिए। राज्यका मुख्यमन्त्रीको नेतृत्वमा वर्तमान सरकारले ग्रामीण जनताको दिगो उत्थानको निम्ति कृषि अनि पशुधन क्षेत्रलाई उच्च प्राथमिकता दिएको अवगत गराए। उनले जानकारी दिॅंदै भने, 'राज्य सरकारले हालैमा कौशल स्टार्टअप योजना अन्तर्गत मत्स्य पालनमा 35 प्रतिशत सब्सिडी अनुमोदन गरेको छ।' उनले क्षेत्रमा मत्स्य पालनको सम्भावनामाथि प्रकाश पार्दै क्षेत्रका कम्तिमा 19 परिवार मत्स्य पालनबाट लाभान्वित बनेको बताए।

मुख्यमन्त्री कृषि आत्मनिर्भर योजना अन्तर्गत प्रदान गरिने उत्पादन प्रोत्साहनबारे बोल्दै मन्त्री शर्माले विभागीय अधिकारीहरूलाई कृषि र पशुधन खेतीलाई बढावा दिएर समाज परिवर्तन गर्न प्राथमिकता दिएर काम गर्न आह्वान गरे। यस अतिरिक्त उनले संस्कृत शिक्षक, एडहक शिक्षकहरूको स्थायीकरण नीति र सिक्किम गरीब आवास योजनाबारे पनि जानकारी गराए।

कार्यक्रममा समारोह समितिद्वारा मन्त्रीद्वयलाई सम्मानित गरिएको थियो। बॉंझो भूमिलाई खेती योग्य बनाएकोमा स्थानीय कृषक बिर्खमान लिम्बूलाई पनि सम्मानित गरियो। कार्यक्रममा एक सयभन्दा धेरै कृषि परिवारलाई विभिन्न कृषि उपकरणहरू प्रदान गरिएको थियो। यस अवसरमा भलीबल टूर्नामेन्टको फाइनल पनि खेलाइयो, जसमा क्योङ्गसा युथ क्लबले सुपर 6, सात माइललाई पराजित गरेर उपाधि आफ्नो नाम गऱ्यो।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande