एसआईसीएद्वारा अभिभावकहरूको निम्ति जागरूकता कार्यक्रम आयोजित
एसआईसीएद्वारा अभिभावकहरूको निम्ति जागरूकता कार्यक्रम आयोजित


गान्तोक, 24 नोभेम्बर (हि.स.)। सिक्किम क्रिकेट एसोसिएशन (एसआईसीए) ले क्रिकेट खेलाड़ी र सिक्किमको नानीहरूका अभिभावकहरूको निम्ति जागरूकता कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चारै जिल्लाबाट अभिभावकहरूलाई गान्तोक बोलाइएको थियो।

यस अवसरमा अभिभावकहरूलाई आगामी एक दिसम्बर, 2021 देखि दुई जनवरी, 2022 सम्म एसआईसीएद्वारा रम्फूको क्रिकेट खेल मैदानमा आयोजन गरिने अण्डर-16 बोइज क्याम्पबारे अवगत गराइयो। कार्यक्रममा विशेषगरी राज्यको सुदूर ठाउॅंबाट आएका अभिभावकहरूलाई दैनिक रूपमा आयोजन गरिने विभिन्न गतिविधिहरूबारे बताइयो। एसआईसीएले यस्ता अन्तरक्रियाहरूले अन्तरलाई मेटाउन मद्दत गर्ने तथा सूचना आदान प्रदान र सञ्चारमा सुधार आउने आशा व्यक्त गरेको द।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande