केन्द्रिय डोनर एवं सहकार्य राज्य मन्त्री बीएल वर्मा सिक्किममा
बीएल वर्मा सिक्किममा


गान्तोक, 25 नोभेम्बर (हि.स.)। केन्द्रिय डोनर एवं सहकार्य राज्य मन्त्री बीएल वर्मा बुधवार दुई दिवसीय आधिकारिक भ्रमणमा सिक्किम आइपुगेका छन्। केन्द्रिय मन्त्रीलाई राज्यको प्रवेशद्वार रम्फूमा सिक्किम सरकारका वरिष्ठ अधिकारीहरूले न्यानो स्वागत जनाए।

पछि, केन्द्रिय मन्त्रीले सहकार्य विभागका अधिकारीहरूसित भेट गरेर अन्तरक्रिया गरेका थिए। आफ्नो दुई दिवसीय भ्रमण अवधि केन्द्रिय मन्त्री वर्माले विभिन्न ठाउॅंहरूको भ्रमण गर्नेछन् भने आधिकारिक बैठकहरूमा पनि सहभागी बन्नेछन्।

उल्लेख्य, दुई दिनअघि मुख्यमन्त्री प्रेमसिंह तामाङ र केन्द्रिय डोनर एवं सहकार्य राज्य मन्त्री बीएल वर्माको गुवाहाटीमा भेट भएको थियो।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande