लाटागुड़ी बजारमा हात्तीहरूको दल पस्यो
लाटागुड़ी बजारमा हात्तीहरूको दल पस्यो


जलपाईगढ़ी, 25 नोभेम्बर (हि.स.)। जिल्लाको लाटागुढ़ी बजारमा 10 वटा हात्तीको एक झुण्ड पस्दा मानिसहरू डराएका छन्। वन विभाग र पुलिसकर्मी हात्तीहरूको झुण्डलाई क्षेत्रबाट खेदाउने प्रय़ासमा जुटेका छन्। हात्तीहरूलाई खेदाएको समय भागदौड़ हुँदा धेरै ग्रामीणहरूलाई मामूली चोट पनि लागेको छ। घटनास्थलमा भारी संख्यामा भीड़लाई नियन्त्रित गर्नको निम्ति प्रशासनले लाटागुड़ी ग्राम पञ्चायतमा धारा 144 लगाएको छ।

जानकारी अनुसार, बिहीबार बिहान लगभग एक दर्जन हात्तीको एक दल लाटागुड़ी जंगलबाट निस्केर आफ्ना शावकहरूको साथ लाटागुड़ी बजारमा पस्यो। बजारमा हात्तीहरूको दल पस्दा मानिसहरूमा हड़कम्प मचियो। हात्तीहरूको झुण्डलाई हेर्नको निम्ति भारी संख्यामा ग्रामीणहरू पनि एकत्र भए। सूचना पाएर वन विभागको रामसाई मोबाइल रेञ्ज र खुनिया रेञ्जका वनकर्मी घटनास्थलमा पुगे। ग्रामीणहरूको भीड़लाई नियन्त्रित गर्नका लागि स्थानीय प्रशासनले क्षेत्रमा धारा 144 लागू गरेको छ। खबर लेखुञ्जेलसम्म हात्तीहरूको झुण्डलाई धपाउनको निम्ति पुलिस, वनकर्मीले प्रयास गरिरहेका थिए। वनकर्मीहरूले राष्ट्रिय राजमार्गलाई बन्द गरेका छन्।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande