ड्रग्स बेचेको आरोपमा एक युवक पक्राउ
ड्रग्स बेचेको आरोपमा एक युवक पक्राउ


गोलाघाट, 25 नोभेम्बर (हि.स.)। गोलाघाट पुलिसले ड्रग्स बेचेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। पुलिसले बिहीबार जानकारी गराएको छ, गोलाघाटको दुई नम्बर रेल गेट नजिक चलाइएको अभियानमा 10 ग्राम ड्रग्स समेत जलील हक नाम गरेको एक युवकलाई पक्राउ गरेको छ। पक्रा परेको युवकको बयानमा पुलिसले हिजो राति धेरै ठाउँ रेड गरेको थियो। गोलाघाट पुलिसले गत तीन वर्षमा लगभग 200 भन्दा धेरै ड्रग्स तस्करहरूलाई पक्राउ गरी थुनामा पारिसकेको छ।

तरैपनि जिल्लामा लुकी-छिपी ड्रग्सको कारोबार चलिरहेछ। पक्रा परेको आरोपित जलील हक अनुसार, क्षेत्रमा ड्रग्सको कारोबार धूमधामले चलिरहेछ। मुन्नी बाई, हनीफ र टेम्पू नाम गरेका तस्करहरूले गोलाघाट जिल्लामा ड्रग्सको कारोबार चलाईरहेका छन्। पुलिसले पक्रा परेको आरोपितको बयानको आधारमा ड्रग्सको कारोबारमा सामेल अन्य तस्करहरूलाई पक्राउ गर्नको निम्ति लगातार अभियान चलाईरहेछ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande