इङ्गलिश च्यानलमा नाउ पल्टिॅंदा 31 जनाको मृत्यु
नाउ पल्टिॅंदा 31 जनाको मृत्यु


पेरिस, 25 नोभेम्बर (हि.स.)। फ्रान्सबाट ब्रिटेन गइरहेको प्रवासीहरूको एउटा नाउ पल्टिॅंदा इङ्गलिश च्यानलमा ठूलो दुर्घटना भएको छ। दुर्घटनामा कम्तिमा 31 जनाको मृत्यु भएको छ। फ्रेन्च पुलिस अधिकारीहरूले बताए अनुसार इङ्गलिश च्यानलमा एउटा क्रसिङ छेउ यो दुर्घटना भएको हो।

एक वरिष्ठ अधिकारीले बताए अनुसार यो दुर्घटनापछि फ्रान्स-ब्रिटेनको एउटा संयुक्त टीम घटनास्थलमा उद्धार कार्यमा जुटेको छ। जानकारी अनुसार नाउमा लगभग 50 जना थिए। नाउमा यात्रा गर्ने मानिसहरूको विषयमा जानकारी प्राप्त भएको छैन। नाउमा क्षमताभन्दा धेरै मानिसहरू रहेको बताइएको छ, जस कारण यो दुर्घटना भयो।

नाउ पल्टिएको दृश्य देख्ने मछवाराहरूले यो दुर्घटना देखेपछि स्थानीय राहत एवं बचाउ दललाइ सूचना दिए। स्थानीय तट रक्षक घटनाको विस्तृत जानकारी दिॅंदै मृतकहरूको संख्या बढ्न सक्ने बताएको छ। दुर्घटनापछि दुईजनालाई जिउॅंदै बचाउन सकिएको छ। धेरै जना अझै पनि बेपत्ता बनेका छन्। उद्धार कार्यमा हेलीकप्टर पनि खटाइएको छ।

फ्रान्सको आन्तरिक मामिलाका मन्त्री गेराल्ड डारमेनिनले यस घटनाको बारेमा जानकारी साझा गर्दै भने, 'नाउ पल्टिॅंदा डूब्ने सबै मानिसहरू फ्रान्सबाट ब्रिटेनको तटतिर गइरहेका थिए। त्यही समय अचानक इङ्गलिश च्यानलमा नाउ पल्टियो र यसमा धेरै जनाको मृत्यु भयो।'

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande