लखीमपुर खीरी हिंसाः जाँचको निम्ति नयाँ टीम तिकुनिया पुग्यो
लखीमपुर खीरी हिंसाः जाँचको निम्ति नयाँ टीम तिकुनिया पुग्यो


लखीमपुर खीरी, 25 नोभेम्बर (हि.स.)। जनपदमा गत 03 अक्टोबरमा भएको हिंसा मामिलामा सर्वोच्च न्यायालयको आदेशमा गठन गरिएको टीम बिहीबार जाँचको निम्ति घटनास्थल पुगेको छ। जनपदको तिकुनिया हिंसा मामिलामा सुप्रिम कोर्टको आदेशमा गठन गरिएको टीमको जाँचको निगरानीको कमान पञ्जाब-हरियाणा हाई कोर्टका पूर्व न्यायाधीश राकेश कुमार जैनलाई सुम्पिएको छ। यस बाहेक एसआईटीमा तीन वरिष्ठ आईपीएस अधिकारी एसबी शिरोडकर, प्रितिन्दर सिंह र पद्मजा चौहानलाई सामेल गरिएको छ। यसअघि जाँच टीमका प्रमुख डीआईजी उपेन्द्र अग्रवाल थिए, तर सर्वोच्च न्यायालयले यसलाई भंग गरी नयाँ टीम पुनर्गठित गरेको थियो।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande