कोरोना: संक्रमितहरूको संख्यामा कमी, 24 घण्टामा नौ हजार नयॉं मामिला
24 घण्टामा नौ हजार नयॉं मामिला


नयॉं दिल्ली, 25 नोभेम्बर (हि.स.)। देशमा कोरोनाको नयॉं मामिलामा केही कमी दर्ता गरिएको छ। गत 24 घण्टामा देशभरि कूल नौ हजार 119 नयॉं मामिला अघि आएको छ। यस अवधि देशभरि कोरोनाले 396 जनाको मृत्यु भयो भने निको हुने मानिसहरूको संख्या 10 हजार 264 रहेको छ।

कोरोनाको मामिलामा देशमा केरला अझै पनि चिन्ताको विषय बनेको छ। गत 24 घण्टामा राज्यमा चार हजार 280 नयॉं मामिला पुष्टि भयो।

केन्द्रिय स्वास्थ्य मन्त्रालय अनुसार विहिवार बिहानसम्म गत 24 घण्टामा देशमा कोरोनाको संक्रमण दर 0.79 प्रतिशत रहेको छ। देशमा सक्रिय मामिलाको संख्या एक लाख 9 हजार 940 रहेको छ। देशमा अहिलेसम्म तीन करोड़, 39 लाख, 67 हजार, 962 संक्रमितहरू निको भइसकेका छन्। कोरोनाको रिकभरी रेट 98.33 प्रतिशत रहेको छ।

गत 24 घण्टामा 11 लाखभन्दा धेरै टेस्ट गरिएको छ। आईसीएमआर अनुसार अहिलेसम्म देशमा अहिलेसम्म 63 करोड़, 59 लाख टेस्ट गरिएको छ। यसरी नै देशमा अहिलेसम्म 119 करोड़, 38 लाख कोरोनारोधी टीका लगाइएको छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande