नोएडा अन्तरराष्ट्रिय हवाई अड्डा उत्तर भारतको लजिस्टिक गेटवे बन्नेछ- प्रधानमन्त्री
नोएडा अन्तरराष्ट्रिय हवाई अड्डा उत्तर भारतको लजिस्टिक गेटवे बन्नेछ- प्रधानमन्त्री


नोएडा, 25 नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार नोएडा अन्तरराष्ट्रिय हवाई अड्डा (एनआईए) को शिलान्यास गरेका छन्। यस अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि उपस्थित थिए। प्रधानमन्त्री नरेन्द्र मोदीले नोएडा अन्तरराष्ट्रिय हवाई अड्डा (एनआईए) को शिलान्यास गरेपछि सभालाई सम्बोधित गर्दै यो उत्तर भारतको लजिस्टिक गेटवे बन्नेछ भनेका छन्। उनी अनुसार, यो हवाईअड्डा युवाहरूलाई रोजगार प्रदान गर्नबाहेक भारतीय र विदेशबाट आउने दुवैको सेवा गर्नेछ।

प्रधानमन्त्रीले यस अवसरमा भनेका छन्, ‘आज देशमा जतिको तीव्र गतिमा एविएशन सेक्टरमा वृद्धि भईऱहेछ, जुन तीव्र गतिले भारतीय कम्पनीहरूले सैकड़ौं नयाँ विमानहरू किनिरहेका छन्, उनीहरूको निम्ति पनि नोएडा इन्टरनेशनल एयरपोर्टको धेरै ठूलो भूमिका हुनेछ। यो विमानहरूको रखरखाव, मरम्मती र संचालनको सबैभन्दा ठूलो केन्द्र हुनेछ। 21औं शताब्दीको नयाँ भारतले आज राम्रोभन्दा राम्रो आधुनिक आधारभूत संरचनाको निर्माण गरिरहेछ। उत्तम सड़कहरू, उत्तम रेल नेटवर्क, उत्तम एयरपोर्ट, यी केवल इन्फ्रास्ट्रक्चर प्रोजेक्ट्स हुँदैनन् तर पूरा क्षेत्रको कायाकल्प गर्छन्, मानिसहरूको जीवनमा ठूलो परिवर्तन ल्याउछन्’।

उनले भने, ‘नोएडा इन्टरनेशनल एयरपोर्ट उत्तर भारतको लजिस्टिक गेटवे बन्नेछ। यसले यस पूरा क्षेत्रलाई नेशनल गतिशक्ति मास्टरप्लानको एक सशक्त प्रतिबिम्ब बनाउनेछ। हवाईअड्डाको निर्माणमा रोजगारका हजारौं अवसर बन्छन्। हवाई अड्डालाई सुचारू रूपमा चलाउनको निम्ति पनि हजारौं मानिसहरूको खाँचो पर्छ। पश्चिमी यूपीका हजारौं मानिसहरूलाई यस एयरपोर्टले नयाँ रोजगार पनि दिनेछ’।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande