पार्थप्रतिम रोयले एमजेएन मेडिकल कलेज र अस्पतालको भ्रमण गरे
पार्थप्रतिम रोयले एमजेएन मेडिकल कलेज र अस्पतालको भ्रमण गरे


कूचबिहार, 25 नोभेम्बर (हि.स.)। रोगी कल्याण संघको अध्यक्ष बनेपछि पार्थप्रतिम रोयले आज एमजेएन मेडिकल कलेज एवं अस्पतालको भ्रमण गरे। यस अवसरमा रोयले एमएसवीपी डा. राजीव प्रसादको साथ बैठक गरी केही समस्याहरूलाई लिएर वार्ता गरे। उनले भने, ‘म पहिलेपनि रोगी वेलफेयर एसोसिएशनको अध्यक्ष रहिसकेको छु। दोस्रो पल्ट कार्यभार सम्हालेपछि अस्पतालको भ्रमण गरेको छु। बैठकमा डाक्टरहरूको संकट र सुरक्षा कमीहरू सहित धेरै मुद्दाहरूमा चर्चा भएको छ। म छिट्टै नै यी सबै विषयहरूको शीर्घ निवारनको निम्ति पहल गर्नेछु’। यसअघि पार्थले बिहीबार मटरिमाको पीकू यूनिट, अपरेशन थियेटर समेत अस्पताल परिसरको निरीक्षण गरेका थिए।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande