स्वीडनकी प्रथम महिला प्रधानमन्त्री बनेको 12 घण्टाभित्र कुर्सी खोसियो
मेगडालेना एन्डरसन


कोपेनहेगन, 25 नोभेम्बर (हि.स.)। स्वीडनमा सरकार बनाउने प्रथम महिला प्रधानमन्त्री मेगडालेना एन्डरसनले पद सम्हालेको 12 घण्टाभित्र राजीनामा दिनु पऱ्यो। मेगडालेना एन्डरसनको सरकारले संसदमा बजेट प्रस्तावमा हारको सामना गर्नु गऱ्यो। यो हार तब भयो जब सहयोगी दुई दल मध्ये एकले आफ्नो समर्थन फिर्ता लियो।

मेगडालेनालाई स्टीफन लोफवेनको ठाउॅंमा प्रधानमन्त्री बनाइएको थियो। वास्तवमा, लोफवेनले यो वर्षको शुरूवातमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। लोफवेनले अहिले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन्। एन्डरसन यस अघि वित्त मन्त्री थिइन्।

एन्डरसनले भनिन्, 'प्रधानमन्त्री बन्नु मेरो निम्ति सम्मानको कुरा हो। तर, म यस्तो सरकारको पनि नेतृत्व गर्न चाहन्न जहॉं त्यसको वैधतालाई लिएर प्रश्न उठाउन सकियोस्। यदि उसको एक दल सरकारबाट अलग हुन्छ भने गठबन्धन सरकारले राजीनामा दिनु पर्छ।'

यस अघि स्वीडनको संसदले बुधवार एन्डरसनको रूपमा देशकी प्रथम महिला प्रधानमन्त्रीको चुनाउ गरेको थियो। स्वीडनको 349 सदस्यीय संसदमा 117 सदस्यले एन्डरसनको पक्षमा र 174 ले विरोधमा मतदान गरेको थियो। स्वीडनको संविधान अनुसार यदि 175 सांसद कुनै उम्मेदवारको विरोधमा छैन भने उसलाई प्रधानमन्त्री नियुक्त गर्न सकिन्छ।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande