बंगालमा जाडोबीच लगातार तापमान बढ्दै
बंगालमा जाडोबीच लगातार तापमान बढ्दै


नयॉं दिल्ली, 25 नोभेम्बर (हि.स.)। पश्चिम बंगालको राजधानी कोलकातासहित सम्पूर्ण राज्यमा तापमान असामान्य बढ़ोतरी जारी रहेको छ। विहिवार पनि न्यूनतम र अधिकतम तापमानमा बढ़ोतरी भएको छ। यस कारण भाइरल बिमारीहरू बढ्न लागेको छ।

अलीपुरस्थित मौसम विभागको क्षेत्रीय मुख्यलय अनुसार राजधानी कोलकातामा न्यूनतम तापमान 19.7 डिग्री सेल्सियस छ, जुन सामान्यभन्दा दुई डिग्री धेरै हो। यसरी नै अधिकतम तापमान 30.5 डिग्री सेल्सियस रहेको छ, जुन सामान्यभन्दा एक डिग्री धेरै हो। वातावरणमा अपेक्षित आद्रता पनि अधिकतम 88 प्रतिशत रहेको छ। यस कारण दिनमा गर्मी र राति जाडो महसुस भइरहेको छ।

मौसममा असामान्य बदलाउका कारण मौसमी बिमारीहरूमा बढ़ोतरी भएको छ। मौसम विभागले यो हप्ता तापमानमा फेरि गिरावट शुरू हुन सक्ने बताएको छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande