टेरर फण्डिङ- जम्मू-कश्मीरका धेरै क्षेत्रहरूमा एनआईएको रेड
टेरर फण्डिङ- जम्मू-कश्मीरका धेरै क्षेत्रहरूमा एनआईएको रेड


श्रीनगर, 25 नोभेम्बर (हि.स.)। राष्ट्रिय जाँच एजेन्सी (एनआईए) ले टेरर फण्डिङ मामिलामा जम्मू-कश्मीरका धेरै क्षेत्रहरूमा बिहीबार रेड गरेको छ। अहिले शोपिया जिल्लाको वाची, जैनपोरा र अन्य चार ठाउँ बिहानैदेखि रेड जारी छ। रेडमा एनआईए बाहेक पुलिस र अन्य सुरक्षा एन्जेसीहरूको पनि सहयोग लिँदैछ। सूत्रहरू अनुसार, शोपिया जिल्लाको वाचीमा जमात-ए-इस्लामीको वरिष्ठ कार्यकर्ता मोहम्मद शफी शाह, एक निजी कम्पनीमा कार्यरत शाहिद अहमद शाह, भेड़ा पालन विभागका कर्मी रियाज अहमद मीर, स्थानीय अकाफ कमिटीका प्रधान मोहम्मद शाबान कुमार र एक तरखान मोहम्मद लतीफ शाहको घर एनआईए टीमले रेड गऱ्यो।

टेरर फण्डिङ मामिलामा एक प्रमुख मानवाधिकार कार्यकर्ता खुर्रम परवेजलाई हालमा एनआईएले पक्राउ गरेको थियो। एनआईए टीमले परवेजको निशानदेहीमा आज फेरि रेड गरिरहेको छ। एनआईए टीमले मानवाधिकारवादी एडवोकेट परवेज इमरोजको घरको तलाशी लियो। परवेज तीन दिनअघि पक्रा परेको खुर्रम परवेजको मामा हो। परवेज इमरोजले नै कश्मीरमा एसोसिएशन अफ पेरेन्ट्स अफ डिसअपेयर्ड पर्सन्सको नींव राखेको थियो। इमरोज जम्मू-कश्मीर कोएलेशन अफ सिविल सोसाइटीको चेयरम्यान हो। उल्लेख्य, प्रदेशमा यस वर्षको शुरूआतदेखि नै एनआईएले 50 भन्दा धेरै पल्ट जम्मू-कश्मीरमा टेरर फण्डिङसित जुड़ेका मामिलाहरूमा रेड गरिसकेको छ। यस क्रममा अहिलेसम्म 20 जनालाई पक्राउ पनि गरिएको छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande