बहुमूल्य ढुङ्गा र प्राचीन वस्तुहरूको तस्करीको आरोपमा पॉंच विदेशी नागरिक पक्राउ
बहुमूल्य ढुङ्गा र प्राचीन वस्तुहरूको तस्करीको आरोपमा पॉंच विदेशी नागरिक पक्राउ


गान्तोक, 06 दिसम्बर (हि.स.)। सिक्किम पुलिसले पॉंचजना विदेशी नागरिकलाई बहुमूल्य ढुङ्गा र प्राचीन वस्तुहरूको तस्करीको आरोपमा पक्राउ गरेको छ। यस सम्बन्धमा अहिले छानबिन चलिरहेको जानकारी पूर्व जिल्लाका पुलिस अधीक्षक शिव प्रसाद येल्लसरीले दिएका छन्।

उल्लेखनीय छ, सदर थाना पुलिसले पॉंचजना विदेशी नागरिकलाई 5 दिसम्बरको दिन आपराधिक षड्यन्त्रको आरोपमा पक्राउ गरेको छ। पक्राउ पर्ने आरोपितहरूको नाम ओगेन सोनाम, रेसाङ शेर्पा, एपी, छिरिङ वाङचुक र रिन्जिङ लामा हो। उनीहरूलाई संदिग्ध स्थितिमा घुमिरहेको देखिएको थियो भने उनीहरूलाई राजधानीको दुईवटा भिन्न भिन्नै होटलबाट पक्राउ गरियो। पछि, उनीहरू सबै विदेशी नागरिक रहेको थाहा लाग्यो र उनीहरूले सम्बन्धित प्राधिकरणबाट कुनै पर्मिट पनि नलिएको स्पष्ट भएको छ।

पुलिस अधीक्षकले बहुमूल्य ढुङ्गा र प्राचीन वस्तुहरूको तस्करी बाहेक अरू केही होइन भनेका छैनौं, यस कारण मेजिस्ट्रेटबाट उनीहरूलाई रिमाण्डमा लिएर जॉंच शुरू गरिएको छ भनी जानकारी गराए। अधीक्षकले उनीहरूको भ्रमणको कारण पत्तो लगाउन जॉंच चलिरहेको बताए। आरोपितहरू विरूद्ध आईपीसीको धारा 120बी, 1860 र विदेशी अधिनियम, 1946 अन्तर्गत मामिला दर्ता गरिएको छ।

उल्लेखनीय छ, सिक्किम सरकारले गत एक दिसम्बरदेखि राज्यमा विदेशी नागरिकहरूको प्रवेशमाथि प्रतिबन्ध लगाएको छ, जसमा नेपाल र भूटानका नागरिकहरू पनि सामेल छन्। यस सम्बन्धमा अधिसूचना पनि जारी गरेर इनर लाइन पर्मिट, प्रतिबन्धित क्षेत्र पर्मिट र संरक्षित क्षेत्र पर्मिट जारी नगर्ने कुरा जनाइसकेको छ। तर, सम्बन्धित प्राधिकरणबाट कुनै प्रकारको पर्मिट नलिइ उनीहरू कसरी राज्यभित्र प्रवेश गरे भन्ने प्रश्न उठ्नु स्वाभाविक हो।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande