देशमा ओमीक्रोनको बढ्दो मामिलाहरूबीच सिक्किम सरकार सतर्क
देशमा ओमीक्रोनको बढ्दो मामिलाहरूबीच सिक्किम सरकार सतर्क


गान्तोक, 06 दिसम्बर (हि.स.)। तीव्र गतिमा फैलिने कोरोना भाइरसको नयॉं रूप 'ओमीक्रोन' का मामिलाहरू भारतमा पनि अघि आउन थालेपछि सिक्किम सरकारले राज्यमा मास्क नियमलाई सख्तीका साथ लागू गर्न शुरू गरेको छ। यसै क्रममा सदर पुलिसले गत 6 दिनमा मास्क नलगाउने लगभग 80 जना विरूद्ध सिक्किम जन स्वास्थ्य एवं सुरक्षा (कोविड 19) नियम, 2021 अन्तर्गत कारबाही गरेको छ।

जबदेखि कोविड-19 को नयॉं भेरियन्ट 'ओमीक्रोन' को डर बढ्न थाल्यो, प्राधिकरणले आफ्नो सुरक्षाहरू बढ़ाउॅंदै सतर्क पनि बनेको छ। ओमीक्रोनको डरबीच गत केही दिनअघि सिक्किममा नयॉं कोविड मामिलाहरूमा केही बढ़ोतरी देखियो। सिक्किमको एउटा सुधारगृह (जेल) मा अचानक ठूलो संख्यामा कोविड मामिलाहरू फैलिएको पाइयो। गत केही महिनामा यो आंकड़ा सर्वाधिक रहेको छ।

राज्य सरकारले पनि कोरोना संक्रमणको रोकथामको निम्ति अगावै सावधानी अपनाउॅंदै सिक्किममा विदेशी पर्यटकहरूको प्रवेशमाथि रोक लगाइसकेको छ। यस सन्दर्भमा सरकारले एउटा अधिसूचना जारी गरेर एक दिसम्बरदेखि 15 दिसम्बरसम्म विदेशी पर्यटकहरूलाई इनरलाइन पर्मिट (आईएलपी) जारी नगर्ने जनाइसकेको छ। अर्कोतिर, आज मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षतामा बसेको एउटा उच्चस्तरीय बैठकले 'सिक्किम ग्लोबल फिल्म फेस्टिभल' स्थगित गर्ने निर्णय लिएको छ, जुन आगामी 10 देखि 14 दिसम्बरसम्म हुने निर्धारित थियो।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande