हेलीकप्टर दुर्घटनामा सीडीएस जनरल बिपिन रावत र पत्नी मधुलिकासहित 13 जनाको मृत्यु
सीडीएस जनरल बिपिन रावत


- वायु सेनाले सीडीएसकी पत्नी मधुलिका रावतसहित 13 जनाको मृत्यको पुष्टि गरे

- प्रधानमन्त्री मोदी, गृहमन्त्री शाह र रक्षामन्त्री सिंहले गहिरो शोक समवदेना व्यक्त गरे

नयॉं दिल्ली, 08 दिसम्बर (हि.स.)। तमिलनाडुको कुन्नूरमा बुधवार वायु सेनाको हेलीकप्टर दुर्घटनामा परेर देशका सैन्य बलहरूका प्रथम सीडीएस जनरल बिपिन रावतको निधन भएको छ। दुर्घटनामा सीडीएस, उनकी पत्नी मधुलिका रावतसहित 13 जनाको मृत्यु भएको पुष्टि वायु सेनाले गरेको छ। दुर्घटना ग्रुप कप्तान वरुण सिंह मात्र जीवित बाचेका छन्, जसको सैन्य अस्पताल, वेलिङ्गटनमा उपचार चलिरहेको छ।

सीडीएस जनरल बिपिन रावतको निधनमा राष्ट्रपति, प्रधानमन्त्री र रक्षा मन्त्रीले गहिरो शोक व्यक्त गरेका छन्। रक्षामन्त्री राजनाथ सिंह र सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे रावतको धर पुगेर परिवारसित भेट गरेका छन्। दुर्घटनामा मारिएका मानिसहरूको शव झलेको हुॅंदा शवहरूको पहिचान गर्न डीएनएच जॉंच गरिने छ।

एमआई हेलीकप्टर क्र्याश भएपछि वायुसेनाले दुर्घटनाका कारणहरू पत्तो लगाउन जॉंचको आदेश (कोर्ट अफ् इन्क्वायरी) दिएको छ। रक्षा मन्त्री राजनाथ सिंह सीडीएस जनरल बिपिन रावतको नयॉं दिल्लीस्थित सरकारी आवासमा गए र उनकी छोरीसित भेट गरे। यसपछि, उनी रक्षा मन्त्रालय पुगे अनि वरिष्ठ अधिकारीहरूसित बैठक गरे।

यस अघि प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा केबिनेटको बैठक भयो, जसमा राजनाथ सिंहले दुर्घटनाको बारेमा जानकारी दिए। वर्तमानमा शीतकालीन सत्र चलिरहेको छ, यस कारण रक्षामन्त्रीले विहिवार संसदमा उक्त दुर्घटनाबारे जानकारी दिन सक्ने बताइएको छ। अर्कोतिर, वायुसेना अध्यक्ष वीआर चौधरी दिल्लीबाट कुन्नूरको निम्ति प्रस्थान भएका छन्।

तमिलनाडुको कुन्नूरमा बुधवार दिउॅंसो चीफ अफ् डिफेन्स स्टाफ बिपिन रावतलाई लिएर गइरहेको वायुसेनाको हेलीकप्टर दुर्घटनाग्रस्त भयो। जब यो दुर्घटना भयो, त्यस समय बिपिन रावतको साथमा उनकी पत्नी र सेनाका अन्य अधिकारीहरू पनि हेलीकप्टरमा उपस्थित थिए। दुर्घटनाको तत्कालपछि इन्धन ट्याङ्कीमा आगो लाग्दा हेलीकप्टरमा भीषण आगलागी भयो, जसमा ककपिट, इन्धन ट्याङ्की र केबिन पनि यसको चपेटमा पऱ्यो। हेलीकप्टर दुर्घटना भएपछि घटनास्थलमा रेस्क्यू अपरेशन शुरू गरेर घाइते भएका मानिसहरूलाई स्थानीय अस्पतालमा भर्ती गरियो। घण्टौंको अथक प्रयासपछि हेलीकप्टरको अवशेषमा लागेको आगोलाई नियन्त्रित गरियो। यो हेलीकप्टरमा कूल 14 जना थिए, जसमा अहिलेसम्म 13 जनाको मृत्यु भइसकेको छ भने सबैको शवहरू भेटिएका छन्।

सीडीएस बिपिन रावत पत्नी मधुलिका रावतको साथमा मंगलवार वेलिङ्गटनस्थित आर्म्ड फोर्सेज कलेजमा एउटा कार्यक्रममा सहभागी बन्न गएका थिए। सीडीएस रावतले वेलिङ्गटनमा लेक्चर दिएपछि आज उनी कुन्नूर फर्किरहेका थिए। यहॉंबाट उनी दिल्लीको निम्ति प्रस्थान हुनु थियो, तर सुलूर र कोयम्बटूरबीच खराब मौसमका कारण जङ्गलमा उनको हेलीकप्टर दुर्घटनाग्रस्त भयो। यो हेलीकप्टरलाई सैन्य प्रयोगको दृष्टिले एकदमै उन्नत मानिन्छ। यसको प्रयोग ट्रूप र आर्म्स ट्रान्सपोर्ट, फायर सपोर्ट, एस्कर्ट, पेट्रोलिङ र सर्च एण्ड रेस्क्यू मिशनको निम्ति पनि गरिन्छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पनि हालैमा केदारनाथको यात्रा अवधि यस्तै हेलीकप्टरको प्रयोग गरेका थिए।

दुर्घटनाको समय हेलीकप्टरमा सीडीएसका पीएसओ बिग्रेडियर एलएस लिद्दर, लेफ्टिनेन्ट कर्णल हरजिन्दर सिंह, नायक गुरसेवक सिंह, नायक जितेन्द्र कुमार, लान्स नायक विवेक कुमार र लान्स नायक बी. साई तेजा पनि सवार थिए।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande