खरसाङको फुटबल टीम युकेएफसी आसनसोलमा फुटबल टुर्नामेन्ट खेल्न जाने
आसनसोलमा फुटबल टुर्नामेन्ट खेल्न जाने


खरसाङ, 08 दिसम्बर (हि.स.)। खरसाङको एउटा अग्रणी फुटबल क्लब युनाईटेड खरसाङ फुटबल क्लब (युकेएफसी) कोलकोताको आसनसोलमा म्याच खेल्न जाने भएको छ। युकेएफसीले आगामी 19 दिसम्बरमा आसनसोलको गौरान्डीमा पहिलो म्याच मोहमोर्डन स्पोर्टिङ क्लबसित खेल्ने छ। यसको लागि युकेएफसीको 18 जना खेलाड़ी र 4 जना स्टाफ लगाएर जम्मा 22 जनाको टोली आसनसोल जाने जानकारी युकेएफसीका सचिव बिशाल शर्माले दिएका छन्।

सचिव बिशाल शर्माले खरसाङमा पत्रकारहरुलाई उत्तर बंगालबाट युकेएफसीलाई निमन्त्रणा आएको बताउॅंदै क्लबको निम्ति यो गर्वको कुरा रहेको बताए। उनले भने, 'हामी उत्तर बंगाललाई नै प्रतिनिधित्त्व गर्दै गइरहेका छौ।' उनले आसनसोल फुटबल एसोसिएशनको आयोजनामा भइरहेको फुटबल टुर्नामेन्टमा युकेएफसीसहित सिक्किम, पञ्जाब, दिल्ली, कोलकाता, असमका जम्मा 8 वटा टीमले भाग लिइरहेको बताएका छन्।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande