लोकसभामा उठ्यो केन्द्रिय विद्यालयको निम्ति सांसदहरूको कोटा बढ़ाएर 50 गर्ने माग
लोकसभामा उठ्यो केन्द्रिय विद्यालयको निम्ति सांसदहरूको कोटा बढ़ाएर 50 गर्ने माग


नयाँ दिल्ली, 09 दिसम्बर (हि.स.)। लोकसभामा बिहीबार केन्द्रिय विद्यालयमा छात्रहरूको नामांकनको निम्ति सांसदहरूको कोटा बढ़ाएर 50 सम्म गर्ने माग उठ्यो।

सदनमा शून्यकालको कारबाहीमा छत्तीसगढ़को कोरबाबाट सांसद ज्योत्सना चरण दास महन्तले यो मामिला उठाउँदै भनिन्, ‘सांसदहरूलाई केन्द्रिय विद्यालयमा संसदीय क्षेत्रका नानीहरूको नामांकन गराउनका लागि कोटा तय छ। तर केवल 10 नानीको नामांकन गराउने कोटा पर्याप्त छैन। क्षेत्रीय मानिसहरूको अपेक्षा धेरै हुन्छ। अतः लोकसभाले सांसदहरूको कोटा 10 देखि बढ़ाएर 50 तय गरोस्। यदि सरकारले यसो गर्दैन भने केन्द्रिय शिक्षा मन्त्रीले आफ्नो कोटा बहाल गर्नुपर्छ, जसलाई उनले रद्द गरेका छन्’।

कांग्रेस सांसदको यस मागको सत्तापक्ष र विपक्षका सबै सदस्यहरूले मेज थपथपाएर स्वागत गरे।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande