राज्यपालको भीआईपी काफिलामा वाहनहरू तॉंती न हिड्ने
राज्यपाल


गान्तोक, 09 दिसम्बर (हि.स.)। राज्यको प्रोटोकल अनुसार राज्यपालको वाहनसित जिल्लापाल/महकुमा अधिकारी, पुलिस अधीक्षक/एसडीपीओ तथा अन्य अधिकारीहरूको वाहन पनि सॅंगै हिड्ने गर्दछन्। तर, अब उपरान्त सिक्किमका राज्यपालको भीआईपी काफिलामा उक्त वरिष्ठ अधिकारीहरूको वाहन सामेल हुने छैनन्। राज्यपालसित पाइलट, सुरक्षा कर्मी र अन्य वाहनहरू गरी चार-पॉंचवटा वाहन मात्र हिड्नेछन्। यस्तो घोषणा राज्यपाल गंगा प्रसादले आज राजभवनमा आयोजित एक पत्रकार सम्मेलनमा गरेका हुन्।

राज्यपालले आफु कतै जॉंदा आफ्नो वाहनसित जिल्लापाल/महकुमा अधिकारी, पुलिस अधीक्षक/एसडीपीओ तथा अन्य अधिकारीहरूका वाहनहरूको तॉंती लाग्ने गर्छन्, जुन अनावश्यक रहेको बताए। यो अभ्यासका कारण अधिकारीहरूको पनि समय नष्ट भइरहेको र उनीहरूको सेवा प्रभावित बनिरहेको आशय उनले व्यक्त गरे। उनले जहॉं सुरक्षाको दृष्टिकोणले आवश्यक छ त्यहॉं संसाधनहरू प्रयोग गर्न सकिने, तर अनावश्यक रूपमा प्रयोग गर्नु नहुने विचार राखे। यसरी अनावश्यक रूपमा वाहनहरूको प्रयोगले पेट्रोलको खर्चका साथै प्रदूषण पनि बढ्ने उनले बताए।

यस अतिरिक्त भीआईपीहरूको आवाजाहीको समय ट्राफिक समस्या उत्पन्न हुने आम मानिसहरूले पनि धेरै कष्ट सहन गर्नुपर्ने हुन्छ भनी उनले बताए। उनले सिक्किम राज्य शान्ति रहेको र यहॉंका मानिसहरू पनि शान्ति प्रिय छन् भन्दै यहॉं अनावश्यक रूपमा वाहनरूको तॉंती लिएर हिड्नु पर्ने आवश्यकता नरहेको बताए। यी कुराहरूलाई ध्यानमा राख्दै आफुले यो अभ्यासलाई हटाउने निर्णय लिएको उनले जानकारी दिए। प्रोटोकल अनुरूप अधिकारीहरू कार्यक्रम स्थलमा बसेर राज्यपाललाई स्वागत गर्न सक्ने बताइएको छ।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande