राज्यापालले स्व. जनरल रावतसित भेटको भीडियो शेयर गरी उनलाई याद गरे
राज्यापालले स्व. जनरल रावतसित भेटको भीडियो शेयर गरी उनलाई याद गरे


कोलकाता, 09 दिसम्बर (हि.स.)। पश्चिम बंगालका राज्यपाल जगदीप धनखड़ले चीफ अफ डिफेन्स स्टाफ (सीडीएस) बिपिन रावतको साथ आफ्नो एक भेटको एउटा भीडियो साझा गरी उनलाई याद गरेका छन्। राज्यपाल धनखड़ले बिहीबार ट्वीट गरे, ‘राष्ट्रलाई अतिनै प्रतिभाशाली सीडीएस बिपिन रावतको कमी महसूस हुनेछ। उनले एक बेदाग सैनिकको उदाहरण पेश गरे। जब उनी 03 अक्टोबर 2021 मा डूरन्ड कप फाइनलको निम्ति यहाँ आएका थिए, तब मैले उनीसित पश्चिम बंगालमा सुरक्षा स्थितिबारे कुरा गरेको थिए’।

एक अन्य ट्वीटमा उनले लेखे, ‘म दिल्लीमा रावतसित भेट गर्ने औं भविष्यको चर्चा गर्ने अवसर पाउने प्रतिक्षा गरिरहेको थिए। नियतिलाई अरू केही नै स्वीकार थियो। उनको जीवनले हामीलाई सदैव राष्ट्रलाई प्रथम राख्नको निम्ति प्रेरित गरिरहनेछ’। यसअघि बुधबार साझँ राज्यपालले ट्वीट गरी भारतका प्रथम सीडीएस बिपिन रावतको असामयिक निधनमा गहिरो शोक व्यक्त गरेका थिए।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande