हवल्दार सतपाल राईको निधनमा खरसाङका विधायकद्वारा शोक प्रकट
विधायकद्वारा शोक प्रकट


खरसाङ, 09 दिसम्बर (हि.स.)। सीडीएस जनरल बिपिन रावतका अंगरक्षक सतपाल राईको निधनमा खरसाङका विधायक बीपी बजगाईले शोक प्रकट गरेका छन्। खरसाङका विधायक बीपी बजगाईले सतपाल राई खरसाङ विधानसभा समष्टि अन्तर्गत तकदाहको मानेडाँड़ा निवासी हुन् भन्दै उनको मृत्युको समाचार पीढ़ादायक रहेको बताएका छन्। उनले सतपाल राई आफ्नो कार्यमा रहँदा नै दुर्घटनामा परी निधन भएको हुनाले यसलाई शहादत मान्छु भनी बताएका छन्।

विधायक बजगाईले गोर्खाहरूको शहादतमा हवल्दार सतपाल राईको पनि नाम जोड़िएको छ भन्दै यस्तो अवस्थामा बोल्ने शब्द नरहेको बताएका छन्। उनले शोक सन्तप्त परिवारलाई महाकाल बाबाले यो पीढ़ादायक अवस्थामा सहने शक्ति प्रदान गरुन् र मृतात्माले शान्ति पाऊन् भनी प्रार्थना गरेका छन्।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande