सीडीएस बिपिन रावतको निधनमा अमेरिकी विदेश मन्त्री र रक्षा मन्त्रीले शोक व्यक्त गरे
सीडीएस बिपिन रावतको निधनमा अमेरिकी विदेश मन्त्री र रक्षा मन्त्रीले शोक व्यक्त गरे


वाशिङ्गटन, 09 दिसम्बर (हि.स.)। अमेरिकाका विदेश मन्त्री एन्टनी ब्लिङ्कन र रक्षा मन्त्री लोयड अस्टिनले बुधबार विमान दुर्घटनामा भारतका चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतको निधनमा शोक व्यक्त गरेका छन्। ब्लिङ्कनले ट्वीट गरे, ‘दुःखद दुर्घटनामा भारतीय चीफ अफ डिफेन्स स्टाफ जनरल रावत, उनकी पत्नी र सहयोगीहरूको मृत्यमा मेरो गहिरो समवेदना छ। हामी जनरल रावतलाई एक असाधारण नेतृत्वकर्ताको रूपमा याद गर्नेछौं, जसले आफ्नो देशको सेवा गरे औं अमेरिका-भारत रक्षा सम्बन्धहरूमा योगदान दिए’।

अमेरिकाका रक्षा मन्त्री लोयड अस्टिनले ट्वीट गरे, ‘जनरल रावतले भारत-अमेरिका रक्षा डीलमा एक अमेट छाप छोड़ेका छन् र उनी भारतीय सशस्त्र सेनाहरूको एकीकृत युद्धक क्षमता भएको संगठनको रूपमा अघि आउने अहम भूमिकामा थिए’। यूएस इण्डिया स्ट्रेटेजिक एण्ड पार्टनरशिप फोरमको तर्फबाट भनियो, ‘फोरमले जनरल बिपिन सिंह रावत, उनकी प्तनी र अन्य 11 जनाको विमान दुर्घटनामा भएको मृत्युमा गहिरो समवेदना व्यक्त गर्दछ। उनीहरूका परिवारहरूको साथ हाम्रो समवेदना छ। यी देशभक्तहरू गुमाएकोमा हामी देशको साथ शोक मनाउँदछौं’।

भारतमा स्थित अमेरिकी दूतावासको तर्फबाट भनियो, ‘भारतका प्रथम चीफ अफ डिफेन्स स्टाफको रूपमा जनरल बिपिन रावतले भारतीय सेनामा परिवर्तनको एतिहासिक अवधिको नेतृत्व गरे। उनको विरासत जारी रहनेछ’। उल्लेख्य, बुधबार तमिलनाडूको कुन्नूर नजिक हेलीकप्टर दुर्घटनामा सीडीएस रावत, उनकी पत्नी मधुलिका रावत र अन्य 11 जवानको मृत्यु भयो।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande