ओमीक्रोनको मध्यनजर राज्यले नमूना परीक्षणको संख्या बढ़ाओस्- स्वास्थ्य मन्त्रालय
ओमीक्रोनको मध्यनजर राज्यले नमूना परीक्षणको संख्या बढ़ाओस्- स्वास्थ्य मन्त्रालय


नयाँ दिल्ली, 09 दिसम्बर (हि.स.)। ओमीक्रोनको मध्यनजर केन्द्रिय स्वास्थ्य मन्त्रालयले सबै राज्यहरू र केन्द्र शासित प्रदेशहरूलाई निगरानी र नमूना परीक्षणको संख्या बढ़ाउने निर्देश दिएको छ। भीडियो कन्फ्रेन्सिङको माध्यमले बिहीबार केन्द्रिय स्वास्थ्य मन्त्रालयद्वारा आयोजित समीक्षा बैठकमा स्वास्थ्य सचिव राजेश भूषणले राज्यहरूलाई सबै जिल्लाहरूमा आरटी-पीसीआर परीक्षणको उपबल्धता सुनिश्चित गर्ने सुझाउ दिएका छन्। यसका साथै अघि आईरहेका नयाँ हट स्पट्स एवं क्ल्सटरहरूको कड़ा निगरानी, पुनः संक्रमणको मामिलाहरू र ऱ्यापिड रेस्पोन्स टीमहरूलाई सतर्क बस्नलाई भनिएको छ।

बैठकमा कोरोना पोजिटिभ रोगीहरूका सबै सम्पर्कहरूको पत्तो लगाइने औं प्रोटोकल अनुसार, छिटोभन्दा छिटो उनीहरूको परीक्षण गरिने सुझाउ पनि दिइएको छ। सर्दीको मौसमलाई ध्यानमा राख्दै राज्यहरूलाई इन्फ्लूएन्जा जस्ता रोग, गम्भीर एवं श्वसन सम्बन्धी रोगहरूमा कड़ा निगरानी राख्ने सुझाउ दिइएको छ। सबै अस्पतालहरूमा बुनियादी ढांचालाई बलियो बनाउने एवं वेन्टिलेटर, पीएसए संयंत्र, अक्सीजनको उपलब्धतालाई पनि सुनिश्चित गर्नलाई भनिएको छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande