राष्ट्रिय चेतनाको विकासको निम्ति सबै भारतीयले संविधान सभामा भएको चर्चाहरू पढ्नुपर्छः उपराष्ट्रपति
राष्ट्रिय चेतनाको विकासको निम्ति सबै भारतीयले संविधान सभामा भएको चर्चाहरू पढ्नुपर्छः उपराष्ट्रपति


नयाँ दिल्ली, 09 दिसम्बर (हि.स.)। उपराष्ट्रपति एम वेङ्कैया नायडूले सबै भारतीयहरूले संविधान सभाका चर्चाहरू र संसदमा राष्ट्रिय नेताहरूको वक्तव्यहरू पढ्नुपर्ने बताएका छन्। उनी अनुसार, यसबाट हाम्रो राष्ट्रिय चेतना विकसित हुनेछ। उल्लेख्य, 1946 मा आजको दिन संविधान सभाको पहिलो बैठक संसद भवनको केन्द्रिय कक्षमा बोलाइएको थियो।

यस अवसरमा उपराष्ट्रपति एम वेङ्कैया नायडूले भने, ‘एक राष्ट्रको रूपमा हामी सबै भारतीयले संविधानका ती विद्वान शिल्पीहरूको सम्मान गर्दछौं। हामीले संविधान सभामा भएका बहसहरू, हाम्रा राष्ट्रिय नेताहरूको संसदमा दिइएका भाषणहरूलाई पढ्नुपर्ने आग्रह गर्दछु। यसबाट हाम्रो राष्ट्रिय चेतना विकसित हुनेछ। यस ऐतिहासिक दिनमा संवैधानिक मर्यादाहरूप्रति आफ्नो आस्थालाई दोहोराऔं र हाम्रा राष्ट्रिय नायकहरूको सपनाहरूको भारतको निम्ति आफ्नो प्रतिबद्धता दृढ़ गरौं। उनीहरूको पुण्य स्मृतिलाई यही साँचो श्रद्धाञ्जली हुनेछ’।

उनले थप भने, ‘संविधान सभाको पहिलो बैठकको साथै आगामी लगभग 3 वर्षको संविधान सभाको यात्रा शुरू भयो। सारगर्भित मन्थनको फलस्वरूप हाम्रो संविधानको निर्माण भयो, जसले हाम्रो राष्ट्रिय जीवनलाई दिशा प्रदान गऱ्यो’।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande