ला लीगाः रियल मेड्रिडले वालेन्सियालाई 2-1 ले पराजित गऱ्यो
ला लीगाः रियल मेड्रिडले वालेन्सियालाई 2-1 ले पराजित गऱ्यो


मेड्रिड, 20 सेप्टेम्बर (हि.स.)। एक गोलले पछाड़िएपनि रियल मेड्रिडले शानदार खेलको प्रदर्शन गर्दै ला लीगा फुटबल टूर्नामेन्टमा वालेन्सियालाई 2-1 ले पराजित गरेको छ। रियल मेड्रिडको तर्फबाट विनी जूनियर र करिम बेन्जेमाले 1-1 गोल गरे जबकि वालेन्सियाको तर्फबाट हुगो डुरोले एकमात्र गोल गरे। यस म्याचमा दुवै दीमले सावधानीपूर्ण शुरूआत गरे। म्याचको पहिलो हाफ गोलरहित समाप्त भयो।

यद्यपि, दोस्रो हाफमा डुरोले 66औं मिनटमा गोल गरी वालेन्सियालाई 1-0 ले बढ़त दिलाए। म्याच समाप्त भएको चार मिनटअघि 86औं मिनटमा विनीले गोल री मेड्रिडलाई 1-1 ले बराबरी दिलाए। यसपछि म्याच समाप्त हुन केवल 2 मिनटअघि 88औं मिनटमा बेन्जेमाले गोल गरी रियल मेड्रिडलाई 2-1 ले बढ़त दिलाए। निर्धारित समयसम्म वालेन्सियाले बराबरी वा बढ़त हासिल गर्न सकेन औं शुरूआत गोल गरेपनि अन्तमा उसलाई पराजयको सामना गर्नपऱ्यो।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande