नाम्चीमा क्यारम बाेर्ड प्रतियाेगिताकाे फाइनल खेल सम्पन्न
क्यारम बाेर्ड प्रतियाेगिता


नाम्ची, 21 सेप्टेम्बर (हि.स.)। नाम्चीको भोटिया बस्तीस्थित राई किचनमा सोमवार क्यारम बोर्ड प्रतियोगिताको फाइनल खेल सम्पन्न भयो। इन्द्रजात्राको अवसरमा स्थानीय नाम्ची ब्रदर्सले यस खेलको आयोजना गरेको थियो। दुई दिनव्यापी चलेको यस प्रतियोगिताको प्रथम दिन पासाङ छिरिङ शेर्पा मुख्यअतिथि रहेका थिए। त्यसरी नै अन्तिम दिनको कार्यक्रममा भवन एवं आवाश विभागका अध्यक्ष टाँसी दाेर्जी तामाङ मुख्यअतिथि रहेका थिए। कार्यक्रम कोविड 19 को नियमलाई पालन गरेर गरिएकाे थियो।

उल्लेखनीय छ, यस प्रतियोगिताको फाइनल खेलमा रञ्जीत राईलाई पराजित गरेर गंगाप्रसाद राई विजयी भए। यस प्रतियोगितामा प्रथम निर्णायकको रूपमा हिस्से भोटिया, दोस्रो निर्णायकको रुपमा बलवीर तामाङ र तेस्रो निर्णायकको रुपमा निर्मल तामाङ थिए। कार्यक्रममा मुख्यअतिथिगण र निर्णायकगणलाई स्मृति चिह्न पनि प्रदान गरिएको थियो।

26 अगस्त, 2020 मा स्थापना भएको यस आयोजक कल्बले विभिन्न समयमा विभिन्न प्रकारका सामाजिक कार्यहरु गर्दै आएको पाइएको छ। नाम्ची ब्रदर्स नामक यस कल्बका अध्यक्ष खुशेनचन्द्र राई, उपाध्यक्ष अम्बर तामाङ, महासचिव बीर्ख गुरुङ, कोषाध्यक्ष गंगा प्रसाद राई र निर्मल तामाङ रहेका छन्।

हिन्दुस्थान समाचार/किशन


 rajesh pande