नवजात नानी जङ्गलमा फालेको भेटियो
नवजात नानी जङ्गलमा फालेको भेटियो


सोरेङ, 21 सेप्टेम्बर (हि.स.)। सोरेङ नजिक सिङलिङमा नवजात शिशु (छोरी) जङ्गलमा फालेको अवस्थामा भेटिएको छ। नवजात शिशु जङ्गलमा भेटिएपछि क्षेत्रमा निकै सनसनी मचिएको छ। यद्यपि, उक्त नवजात नानी कसले जङ्गलमा फालेको हो भन्ने थाहा लागेको छैन। शिशुको स्वास्थ्य राम्रो रहेको अनि अहिले नानी सोरेङ अस्पतालको अधीनमा रहेको जानकारी प्राप्त भएको छ। अर्कोतिर, सोरेङ पुलिसले यस घटनाको सम्बन्धमा छानबिन शुरु गरेको छ।

हिन्दुस्थान समाचार/सरोज


 rajesh pande