देशको लागि प्राणको आहुती दिने वीर शहिदको सम्मान खोई: अजय एडवर्ड
अजय एडवर्ड


दार्जीलिङ, 22 सेप्टेम्बर (हि.स.)। दार्जीलिङको पुसुम्बिङ चियाबारी निवासी सुवेदार विधान घिसिङ (35) श्रीनगरमा आतंकवादीहरूसितको मूठभेड़मा शहीद बनेका छन्। शहीद सुवेदार घिसिङको पार्थिव शरीर आज बागडोगरा हवाई अड्डामा ल्याउँदा जस्तो प्रकारले ल्याएको थियो त्यसप्रति शहीद घिसिङको पार्थिव शरीर लिन पुगेका गाउँलेहरूले असन्तोष प्रकट गरेका छन्। शहीद सुवेदार विधान घिसिङको पार्थिव शरीरलाई आर्मीद्वारा एकदमै लापरवाही प्रकारले ल्याइएको आरोप उठेको छ।

देशको लागि शहीद बनेका घिसिङको पार्थिव शरीरलाई आर्मीद्वारा कुनै पनि प्रकारको सम्मान नदिएको साथै शहीदको पार्थिव शरीरलाई गार्ड अफ् ओनर दिनलाई आर्मीको एकजना प्रतिनिधि पनि नभएको बताइएको छ। शहीदको पार्थिव शरीर बागडोगरा हवाई अड्डा आइपुग्दा पुरै लापरवाही गरिएको आरोप लागेको छ। देशको लागि शहीद बनेका विधान घिसिङको पार्थिव शरीरलाई बागघोगरा हवाई अड्डामा कुनै सम्मान नदिएको जनाइएको छ।

अर्कोतिर, शहीदको पार्थिव शरीरलाई लिन सामाजिक कार्यकर्ता अजय एडवर्ड पनि बागडोगरा पुगेका थिए। देशको निम्ति आफ्नो प्राणको आहुती दिने वीर शहिदलाई अन्तिम श्रद्धाञ्जली दिन न त पहाडका अभिभावक गए न त निर्वाचित प्रतिनिधि नै, खोइ त शहीदलाई सम्मान भनी अजय एड्वर्डले प्रश्न उठाएका छन्। दार्जीलिङ जिल्लाको पुसुम्बिङ चियाकमान निवासी शहिद सुवेदार विधान घिसिङलाई जसरी घरसम्म ल्याइयो, त्यो अत्यन्तै निराशाजनक देखिएको छ भन्दै देशको निम्ति आफ्नो प्राणको आहुती दिने वीर शहिदलाई अन्तिम श्रद्धाञ्जली दिन न त त्यहाँ पहाडका कुनै नेता देखापरे न त कुनै निर्वाचित प्रतिनिधि भनी उनले बताए।

उनले आजसम्मका अनेकौं शहिदहरुमध्ये एकजना शहीदको अन्तिम मुहारसम्म हेर्न कसैले समय निकाल्न सकेनन् भनी बताए। स्मरण रहोस् सुकिया खण्ड अन्तर्गत पुसुम्बिङ चियाकमान निवासी बीरबहादुर घिसिङ अनि पुष्पा घिसिङको पुत्र सुवेदार निधान घिसिङ श्रीनगरमा शहीद बनेका छन्। एडवर्डले वीर शहिद विधान घिसिङका मातापिता एवं सम्पूर्ण परिवारप्रति समवेदना व्यक्त गर्दै ईश्वरले शोक सन्तप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना गरेका छन्।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande