आजादी का अमृत महोत्सव अन्तर्गत गतिविधिहरूमाथि समीक्षा सभा सम्पन्न
आजादी का अमृत महोत्सव अन्तर्गत गतिविधिहरूमाथि समीक्षा सभा सम्पन्न


गान्तोक, 22 सेप्टेम्बर (हि.स.)। मुख्य सचिव एससी गुप्ताको अध्यक्षतामा आज टाशीलिङ सचिवालयमा आजादी का अमृत महोत्सव अन्तर्गत पूरा भएका र प्रस्तावित गतिविधिहरूमाथि एक समीक्षा सभा सम्पन्न गरियो। मुख्य सचिवले आजादी का अमृत महोत्सवको महत्वमाथि प्रकाश पार्दै भारत सरकारको निर्देशन अनुसार प्रत्येक विभागबाट अपेक्षित गतिविधिहरूबारे बताए।

उनले यो सभा आयोजन गर्नुको मुख्य उद्देश्य आगामी 11 महिनाको निम्ति विभागहरूको कार्यक्रम सूची तयार गर्नु रहेको बताए। उनले संस्कृति विभाग नोडल विभाग भएकोले गतिविधिहरू सो विभागमा पठाउनु पर्ने बताए। उनले अभियानका प्रमुख पॉंचवटा क्षेत्र स्वतन्त्रता आन्दोलन, 75 मा विचार, 75 मा उपलब्धी, 75 मा कार्य र 75 मा समाधानबारे पनि अवगत गराएका थिए।

सभामा संस्कृति विभागकी विशेष सचिव केडी रेचुङले अभियान र प्राथमिक क्षेत्रबारे विस्तारपूर्वक जानकारी दिइन्। त्यसपछि, सबै विभागीय प्रमुखहरूले आआफ्नो विभागद्वारा आयोजित गतिविधिहरूमाथि जानकारी दिए। उनलेहरूले आफ्नो विचार र सुझाउहरू पनि राखेका थिए। सभामा आगामी 11 महिनासम्म प्रत्येक विभागलाई एउटा कार्यक्रम आयोजन गर्न निर्देश दिइयो।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande