भारतीय गोर्खा प्रजातान्त्रिक नारी शक्तिको केन्द्रिय कमिटी गठन
भारतीय गोर्खा प्रजातान्त्रिक 


खरसाङ, 22 सेप्टेम्बर (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक नारी शक्तिको केन्द्रिय समितिले आयोजना गरेको संगठन विस्तार कार्यक्रम आज खरसाङको नयाँ बजारस्थित टाउन हलमा सम्पन्न भयो। तारा लोहार लेप्चाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भागोप्रमो अध्यक्ष अनित थापा प्रमुख अतिथि थिए। सभामा आशा मुखिया लामाद्वारा नारी सशक्तिकरणमाथि वार्ता प्रस्तुत गरियो भने डा. गीता शर्मा, डा. साङ्मु लेप्चा, आशा मुखिया लामा र प्रमिला मुखियाद्वारा कविता पठन गरिएको थियो।

आजको सभाले केन्द्रिय समितिलाई विस्तार गर्दै 42 जना नारीलाई पद भार सुम्पेको छ। यसमा नारी शक्तिको अध्यक्षाको रुपमा छिरिङ दाहाल, उपाध्यक्षाको रुपमा तारा लोहार लेप्चा (कालेबुङ), प्रतिभा राई (दार्जीलिङ), मैया ठकुरी (खरसाङ), महासचिव प्रतिभा कुमाई (कालेबुङ), उप- महासचिव चन्द्रकला राई (मंग्पु), डा. साङ्मु लेप्चा (दार्जीलिङ), कल्पना प्रधान (खरसाङ), कोषाध्यक्षाको रुपमा लिल्ली ओझा छेत्री (खरसाङ), उषाकिरण तामाङ (खरसाङ), प्रमुख प्रवक्ताको रुपमा आशा मुखिया लामा (खरसाङ), सपना छेत्री (दार्जीलिङ) सामेल छन्।

त्यसरी नै सांगठनिक सचिव प्रभा छेत्री (खरसाङ), कल्पना तामाङ (कालेबुङ), लक्ष्मी छेत्री (दार्जीलिङ), विनिता खम्बू राई (दार्जीलिङ), केन्द्रिय कार्यालय सचिवमा पासाङ अग्रवाल (दार्जीलिङ) लगायत दार्जीलिङ, खरसाङ , कालेबुङ र मिरिक, मंग्पु क्षेत्रका नारीहरूलाई कार्यकारी समितिमा पनि चयन गरिएको छ।

सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक नारी शक्तिको केन्द्रिय महासचिव प्रतिभा कुमाई, केन्द्रिय प्रवक्ता आशा मुखिया लामा र प्रचार प्रसार सचिव सपना छेत्रीले आजको सभाको विषयमा विस्तृत रूपमा बताउँदै नारी शक्तिको आगामी दिनको कार्यक्रमहरू र भावी योजनाहरू विषयमा बताए। उनीहरूले भारतीय गोर्खा प्रजातान्त्रिक नारी शक्तिद्वारा केही दिनमा पुन: सभा डाकेर आगामी दिनको रणनीतिहरू तय गर्ने र दार्जीलिङ, कालेबुङ, मिरिक खरसाङमा सभाहरू गरेर केन्द्रिय कमिटीमा अझैं सदस्याहरू थप्ने र महकुमा स्तरीय कमिटीहरू पनि गठन गर्ने जानकारी गराएका छन्।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande