कोरोना: 60 नयॉं मामिला थपियो, 41 जना भए निको, एकको मृत्यु
कोरोना: 60 नयॉं मामिला थपियो, 41 जना भए निको, एकको मृत्यु


गान्तोक, 22 सेप्टेम्बर (हि.स.)। सिक्किममा आज कोरोना संक्रमणको 60 नयॉं मामिला अघि आएको छ। यो बिमारीले एक व्यक्तिको मृत्यु पनि भएको छ भने 41 जना निको भएका छन्।

राज्य स्वास्थ्य विभाग अनुसार हिजो 691 जनाको कोरोना जॉंच गरियो जसमा 60 जनामा कोरोना संक्रमण पुष्टि भयो। यी मध्ये पूर्व जिल्लाबाट 30, पश्चिम जिल्लाबाट 20 र दक्षिण जिल्लाबाट 10 मामिला रहेको छ। उत्तर जिल्लाबाट आज एउटै मामिला अघि आएन। राज्यमा कोरोना सक्रिय मामिलाहरूको संख्या 642 रहेको छ।

गत 24 घण्टामा कोरोना सकारात्मकता दर 8.6 प्रतिशत रहेको छ। यसरी नै कोरोना रिकभरी रेट 96.7 प्रतिशत रहेको छ। राज्यमा कोरोनाबाट संक्रमित बन्ने मानिसहरूको कूल संख्या 31 हजार 74 पुगेको छ भने 29 हजार 741 जना निको भइसकेका छन्। राज्यमा कोरोना संक्रमणबाट अहिलेसम्म 381 जनाको मृत्यु भइसकेको छ।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande