देशमा कोरोनाको मामिला घट्यो, रिकभरी रेट बढ़ेर 97.77 प्रतिशत
देशमा कोरोनाको मामिला घट्यो


नयॉं दिल्ली, 22 सेप्टेम्बर (हि.स.)। देशमा कोरोना संक्रमणको गतिमा कमी आउन थालेको छ भने रिकभरी रेट पनि बढिरहेको छ। बुधवार बिहानसम्म गत 24 घण्टामा कोरोनाबाट ठीक हुने मानिसहरूको संख्या 34 हजार, 167 रहेको छ। यस अवधि कुल 26 हजार, 964 नयॉं मामिला अघि आएको छ। यसमा 15 हजार, 768 बिरामी केवल केरलबाट रहेको छ। केरलमा कोरोनाले 214 जनाको मृत्यु पनि भएको छ भने देशमा 383 जनाको मृत्यु भएको छ।

केन्द्रिय स्वास्थ्य मन्त्रालय अनुसार गत 24 घण्टामा संक्रमण दर 1.65 प्रतिशत रहेको छ। देशमा अहिलेसम्म तीन करोड़, 35 लाखभन्दा धेरै मामिला अघि आइसकेको छ। सक्रिय बिरामीहरूको संख्या तीन लाख, 01 हजार, 989 रहेको छ। देशमा अहिलेसम्म तीन करोड़, 27 लाख, 83 हजार 741 बिरामी स्वस्थ भइसकेका छन्।

गत 24 घण्टामा देशको रिकभरी रेट 97.77 प्रतिशत भएको छ। देशमा गत 24 घण्टामा 15 लाखभन्दा धेरै टेस्ट भएको छ। आईसीएमआर अनुसार देशमा अहिलेसम्म कूल 55 करोड़, 67 लाख टेस्ट गरिएको छ। देशभरि अहिलेसम्म 82 करोड़, 65 लाख कोरोना रोधी भ्याक्सिन लगाइएको छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande