प्रस्तावित फिल्म सिटी र ग्लोबल फिल्म फेस्टिभलबारे बैठक सम्पन्न
फिल्म सिटी 


गान्तोक, 22 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंत तामाङको अध्यक्षतामा आज मिन्तोकगाङस्थित उनको सरकारी आवासमा दक्षिण सिक्किमको याङगाङमा प्रस्तावित फिल्म सिटी र दिसम्बर 2021 मा आयोजन गरिने भनिएको ग्लोबल फिल्म फेस्टिभलको निम्ति बैठक सम्पन्न भयो। बैठकमा पर्यटन विभाग मन्त्री बीएस पन्त, आईपीआर विभागका सल्लाहकार बिरेन्द्र तामलिङ, सिक्किम फिल्म प्रोमोशन बोर्डकी अध्यक्ष पूजा शर्मा, आईपीआर विभागकी सचिव सिफोरा जी. तार्गेन, पर्यटन विभागका प्रधान मुख्य अभियन्ता प्रकाश छेत्री, आईपीआर विभागकी निदेशक बेनू गुरूङ आदि उपस्थित थिए।

बैठकमा मुख्यमन्त्री समक्ष परियोजना सम्बन्धी विस्तृत रिपोर्ट प्रस्तुत गरियो। मुख्यमन्त्रीले विभाग र सिक्किम फिल्म प्रोमोशन बोर्डको कार्यको सराहना गर्दै भावी पूर्वाधारको नामकरण 'इको हेरिटेज फिल्म भिलेज' भनेर गर्न सुझाउ राखे। यस अवसरमा मुख्यमन्त्रीद्वारा सिक्किम फिल्म बोर्डद्वारा तयार पारिएको 'सिक्किम- 100 फिल्म शूटिङ डेस्टिनेशन्स' नामक पुस्तक पनि लोकार्पण गरियो। साथै आईपीआर विभागद्वारा तयार पारिएको 'भुम्चू' नामक एउटा वृत्तचित्र पनि प्रर्दशन गरियो।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande