राज्यपाल 'प्रदेश- चुनौती र सम्भावनाहरू' विषय आयोजित वेबीनारमा सहभागी बने
'प्रदेश- चुनौती र सम्भावनाहरू


गान्तोक, 22 सेप्टेम्बर (हि.स.)। सिक्किमका राज्यपाल गंगा प्रसाद आज 'प्रदेश- चुनौती र सम्भावनाहरू' विषय आयोजित तीन दिवसीय अन्तरराष्ट्रिय वेबीनारमा सहभागी बने। वेबीनारको आयोजना चाणाक्य वार्ता र दिल्ली विश्वविद्यालयको हंसराज महाविद्यालयले गरेको थियो, जुन 21 सेप्टेम्बरदेखि शुरू भएको हो।

आफ्नो सम्बोधनमा राज्यपालले भारतको इतिहास, संस्कृति, प्राकृतिक विविधता, लोकतान्त्रिक संक्रमण र अन्य विषयहरूमाथि संक्षिप्तमा जानकारी दिए। उनले सबै नागरिकहरूलाई देशको विकासको निम्ति काम गर्न आह्वान पनि गरे। उनले भारतको समावेशी विकासमाथि बल दिॅंदै शिक्षित युवाहरूको सहभागितामा यो सम्भव रहेको बताए।

कार्यक्रमलाई अस्ट्रेलिया, न्यूजील्याण्ड, रसिया, जर्मनी र बूलगेरियाका वक्ताहरूले पनि सम्बोधन गरेका थिए।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande