कृषि मन्त्री लोकनाथ शर्मा लेह लद्दाख भ्रमण हप्ताव्यापी भ्रमणमा
कृषि मन्त्री लोकनाथ शर्मा लेह लद्दाख भ्रमण हप्ताव्यापी भ्रमणमा


गान्तोक, 22 सेप्टेम्बर (हि.स.)। राज्य कृषि, बागवानी एवं पशुपालन विभाग मन्त्री लोकनाथ शर्मा एक हप्ताव्यापी लेह लद्दाख भ्रमणको निम्ति आज दिल्ली प्रस्थान भएका छन्। मन्त्री शर्मासॅंग सिक्किम जैविक खेती विकास एजेन्सीका सीईओ डा. एस. एनबालगन र सिक्किम राज्य जैविक प्रमाणिकरण एजेन्सीका सीईओ सुधीर गिरी पनि भ्रमणमा गएका छन्। सहकार्यका क्षेत्रहरू पत्तो लगाउन र राज्यमा जैविक खेती पहलमा समर्थनको निम्ति मुख्यमन्त्री पीएस गोलेको भिजन अनुरूप मन्त्री शर्मा भ्रमणमा गइरहेको बताइएको छ।

आईपीआर विभाग अनुसार मन्त्री र उनको टोली जैविक खेतीमा लेह लद्दाख र सिक्किमबीच सम्बन्ध विकास गर्न तथा कृषिका विभिन्न क्षेत्रहरूमा सहकार्यबारे चर्चा भ्रमणमा गएका हुन्। क्षेत्रबारे जानकारी लिने टोलीले क्षेत्रका कतिपय गाउॅंहरूको पनि भ्रमण गर्नेछन्। मन्त्री शर्माले लेह लद्दाखका लेफ्टिनेन्ट गर्वनर र कारगील, लेह लद्दाख क्षेत्रका मुख्य कार्यकारी सदस्यहरूसित पनि भेट गर्नेछन्। भेट अवधि कृषि र पशुपालन विषय चर्चा गर्नेछन्। मन्त्रीले दिल्लीमा केन्द्रिय कृषि मन्त्रीसॅंग पनि भेट गर्ने कार्यक्रम रहेको बताइएको छ।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande