पाकिस्तानको आईएसआई बांग्लादेशमा सक्रिय भईरहेछ
पाकिस्तानको आईएसआई बांग्लादेशमा सक्रिय भईरहेछ


ढाका, 20 सेप्टेम्बर (हि.स.)। अफगानिस्तानमा तालिबानीहरूको कब्जा भएपछि पाकिस्तानको गोप्य एजेन्सी आईएसआईले बांग्लादेशमा आफ्नो गतिविधिहरू तीव्र गरेको छ। यसबाट भारतको चिन्ताहरू बढ़ेर गएको छ। यसबाट प्रमुख बांग्लादेशी पत्रकार र बुद्धिजीवी पनि चिन्तित छन्। आईसएआईको मद्दतले गर्दा नै बीएनपी र जमात सहित इस्लामी गुटहरूलाई नयाँ जीवन मिलेको छ। आईएसआईले आफ्नो स्वार्थहरूलाई पूरा गर्न ना-ना थरीको सोशल मीडियाको पनि प्रयोग गरिरहेछ।

यस सम्बन्धमा लेखक एवं पत्रकार समितिका अध्यक्ष शहरियार कबीरले भने, ‘आईएसआईले सीधा बांग्लादेशमा आतङ्की समूहहरूको समर्थन गरिरहेछ। तालिबानले पाकिस्तानी गोप्य एजेन्सी आईएसआईको मद्दतले अफगानिस्तानमा कब्जा गरेपछि अब इस्लामी समूह बांग्लादेशमा कब्जा गर्नको निम्ति काम गरिरहेछ’। कबीरले दाबी गर्दै भने, ‘ढाकामा पाकिस्तान उच्चायोगले मीडियाका प्रतिनिधिहरूको साथ धेरै व्हाट्सएप ग्रुप लाञ्च गरेको छ। यसले यू-ट्यूबको माध्यमले विभिन्न प्रकारको झूठा जानकारीहरू फैलाईरहेछ। यसअघि पनि आईएसआईले भारत विरूद्ध बांग्लादेशी क्षेत्रको उपयोग गर्ने प्रयास गरेको छ। यदि सरकार आईएसआईमा सामेल हुनेहरूको पहिचान गर्नमा विफल रहे बांग्लादेशमा स्वतन्त्रता समर्थक बलहरूलाई भारी मूल्य चुकाउनपर्न सक्छ’।

शहरयार कबीर अनुसार, 2015 म ढाकामा पाकिस्तान उच्चायोगबाट दोस्रो सचिव फरीना अरशदलाई आतङ्की संलिप्तताको आरोपमा पुनः बोलाइएको थियो। यसैगरी 2016 मा आतङ्की समूह जेएमबीको साथ एक डील भएको समय हिरासतमा लिइएका भीसा अधिकारी मजहर खानलाई पनि पुनः बोलाइएको थियो। विश्वका अन्य स्थानहरू सरह आईएसआईले अब सोशल मीडियाको माध्यमले ढाकामा आफ्नो नीच उद्देश्यहरूलाई पूरा गरिरहेछ।

आईएसआईको गतिविधिहरूमा विस्तारले बताउँदै बांग्लादेशी पत्रकार लेकुज्जमाले भने, ‘तालिबानलाई सत्तामा ल्याएपछि अब आईएसआईले बांग्लादेशमा आगामी चुनाउको निम्ति आतङ्कवादी समूहहरूलाई सबैभन्दा अगाड़ी ल्याउने प्रयास गरिरहेछ। समूहहरूमा सरकार विरोधी मानिसहरू सामेल छन्। यसको निम्ति भारी मात्रामा पैसा खर्चा गरिन्दैछ। आईएसआई सदैव सक्रिय रहेको छ। यद्यपि, अफगानिस्तान कब्जा गरेदेखि तालिबान अधिक सक्रिय भएको छ। व्यापार असमानता, फरक्का-तीस्ता बाँध र भारतमा मुसलमानहरूको उत्पीड़नलाई फर्जी तरीकाले सोशल मीडियाको माध्यमले फैलाइँदैछ’।

बांग्लादेशकी प्रधानमन्त्री शेख हसीनाका पूर्व मीडिया सल्लाहकार इकबाल शोभन चौधरीले पनि सोशल मीडियाको माध्यमले गलत सूचनाहरूको प्रसारमा चिन्ता व्यक्त गरेका छन्। जब विश्व कोरोनाभाइरस जस्तो महामारीको सामना गर्नको निम्ति संघर्ष गरिरहेछ। सामूहिक रूपमा महामारी विरूद्ध लड़ाईमा कुनै प्रकारको पनि गलत सूचना, झूठो सूचना फैलाएर मित्र राष्ट्रहरूबीच फाटो र विभाजन उत्पन्न गर्नसक्छ। यसपछि बिग्रिएको स्थितिले क्षेत्रीय शान्ति र स्थिरतालाई क्षति पुऱ्याउनेछ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande