कॉंचो तेल भयो महॅंगो, तर पेट्रोल-डीजलको दाम स्थिर
कॉंचो तेल भयो महॅंगो,


नयॉं दिल्ली, 22 सेप्टेम्बर (हि.स.)। अन्तरराष्ट्रिय बजारमा कॉंचो तेलको माग बढ्न थालेपछि यसको दाममा फेरि वृद्धि दर्ता गरिएको छ। तर, घरेलू बजारमा यसको कुनै असर परेको छैन। सार्वजनिक क्षेत्रका तेल विपणन कम्पनीहरूले लगातार 17औं दिन पेट्रोल-डीजलको दाममा कुनै फेरबदल गरेको छैन।

राजधानी दिल्लीमा बुधवार पेट्रोल 101.19 रूपियॉं प्रति लिटर र डीजल 88.62 रूपियॉं प्रति लिटरमा स्थिर रह्यो। देशका अन्य महानगरहरू मुम्बई, चेन्नई र कोलकातामा पेट्रोल 107.26 रूपियॉं, 98.96 रूपियॉं र 101.62 रूपियॉं प्रति लिटरमा स्थिर रह्यो। यसरी नै यी महानगरहरूमा डीजल क्रमश: 96.19 रूपियॉं, 93.26 रूपियॉं र 91.71 रूपियॉंमा स्थिर रहेको छ।

उल्लेख्य, पॉंच सेप्टेम्बरमा तेल कम्पनीहरूले पेट्रोल-डीजलको दाममा 30-30 पैसा प्रति लिटरसम्म कटौती गरेको थियो। अन्तरराष्ट्रिय बजारमा कॉंचो तेलको माग बढ्न थालेपछि यसको दाम पनि बढ्न थालेको छ। अमेरिकी बजारमा मंगलवार व्यापार बन्द हुॅंदासम्म ब्रेंट क्रूड 74.36 डलर प्रति ब्यारल र डब्ल्यूटीआई क्रूउ 70.56 डलर प्रति ब्यारलमा बन्द भयो।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande