मोदीले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोलाई बधाई दिए

 
narendra modi_1 &nbs

नयॉं दिल्ली, 22 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोलाई चुनाउमा जितको निम्ति बधाई दिएका छन्।

प्रधानमन्त्री मोदीले ट्वीट गरेर भनेका छन्, प्रधानमन्त्री जस्टिन ट्रूडो चुनाउमा तपाईको जितको निम्ति बधाई। म भारत र क्यानडा सम्बन्धहरूका साथै वैश्विक र बहुपक्षीय मुद्दाहरूमा हाम्रो सहयोगलाई अझ दरिलो बनाउन तपाईसॅंग काम गर्न जारी राख्ने आशा गर्दछु।

उल्लेखनीय छ, क्यानडाका लिबरल नेता प्रधानमन्त्री जस्टिन ट्रूडोले तेस्रोपल्ट चुनाउमा जित हासिल गरेका छन्। 49 वर्षीय नेता जस्टिन ट्रूडो पहिलोपल्ट 2015 मा पूर्ण बहुमतका साथ क्यानडाका प्रधानमन्त्री बनेका थिए।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande