देशमा कोरोनाको मामिलामा केही बढ़ोतरी, 31 हजारभन्दा धेरै नयॉं मामिला
 31 हजारभन्दा धेरै नयॉं मामिला


नयॉं दिल्ली, 23 सेप्टेम्बर (हि.स.)। देशमा कोरोना संक्रमणको मामिलामा केही बढ़ोतरी दर्ता गरिएको छ। विहिवार बिहानसम्म गत 24 घण्टामा कूल 31 हजार, 923 नयॉं मामिला पुष्टि भएको छ। यसमा 19 हजार 768 मामिला केवल केरलबाट रिपोर्ट भएको छ। यस अवधि केरलमा 142 जनाको मृत्यु भएको छ भने देशमा कूल 282 जनाको मृत्यु भएको छ। कोरोनाबाट स्वस्थ हुने मानिसहरूको संख्या 31 हजार, 990 रहेको छ।

केन्द्रिय स्वास्थ्य मन्त्रालय अनुसार गत 24 घण्टामा संक्रमण दर 2.09 प्रतिशत रहेको छ। देशमा अहिलेसम्म कोरोनाको कूल तीन करोड़, 35 लाखभन्दा धेरै मामिला अघि आएको छ। सक्रिय बिरामीहरूको संख्या तीन लाख, 01 हजार, 640 रहेको छ। देशमा अहिलेसम्म तीन करोड़, 28 लाख, 15 हजार 731 विरामी स्वस्थ भइसकेका छन्।

देशको रिकभरी रेट 97.77 प्रतिशत रहेको छ। गत 24 घण्टामा 15 लाखभन्दा धेरै टेस्ट गरिएको छ। आईसीएमआर अनुसार देशमा अहिलेसम्म कूल 55 करोड़, 83 लाख टेस्ट गरिएको छ। देशमा अहिलेसम्म 83 करोड़, 35 लाख कोरोना रोधी भ्याक्सिन लगाइएको छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande