मोदीको अमेरिका यात्रा: वाशिङ्गटन पुगे प्रधानमन्त्री मोदी, न्यानो स्वागत
मोदीको अमेरिका यात्रा


नयॉं दिल्ली, 23 सेप्टेम्बर (हि.स.)। अमेरिकाको तीन दिवसीय भ्रमणमा प्रस्थान भएका प्रधानमन्त्री नरेन्द्र मोदी वाशिङ्गटन पुगेका छन्। उनले त्यहॉं पुगेपछि ट्वीट गरेर आफ्नो न्यानो स्वागतको निम्ति सबैप्रति आभार व्यक्त गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी वाशिङ्गटनमा पुगेपछि धेरै संख्यामा त्यहॉं उपस्थित भारतीय समुदायका मानिसहरूले उनको न्यानो स्वागत जनाए।

एयरपोर्टमा प्रधानमन्त्री मोदीको स्वागतको निम्ति अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरूका साथै अमेरिकी राजदूत तरणजीत सिंह संधु उपस्थित थिए। साथै मोदीको अमेरिका यात्रामा आफ्नो खुशी व्यक्त गर्न हवाई अड्डामा धेरै संख्यामा भारतीय समुदायका मानिसहरू उपस्थित थिए।

आफ्नो भ्रमण अवधि प्रधानमन्त्री मोदीले न्यूयर्कमा संयुक्त राष्ट्र महासभाको 76औं सत्रलाई सम्बोधित गर्नेछन्। यसका साथै क्वाड देशहरूका नेताहरूसित बैठकमा पनि भाग लिनेछन्। यसै क्रममा 24 सेप्टेम्बरको दिन अमेरिकी राष्ट्रपति जो बाइडेनसॅंग वाइट हाउसमा उनको द्विपक्षीय वार्ता हुनेछ। अमेरिकाकी भाइस प्रेसिडेन्ट कमला हैरिससित पनि उनको भेट निर्धारित रहेको छ।

अफगानिस्तानको वर्तमान स्थितिपछि प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका यात्रा र अमेरिकी राष्ट्रपति जो बाइउेनसॅंग द्विपक्षीय वार्ता अत्यन्त महत्वपूर्ण मानिन्दैछ। 2014 मा प्रधानमन्त्री बनेपछि सातौंपल्ट अमेरिकाको यात्रामा गएका प्रधानमन्त्री मोदीको यो भ्रमणले दुवै देशको सम्बन्ध अझ प्रगाढ़ बन्ने सम्भावना रहेको छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande