बंगालमा चॉंड़ै सबै विद्यार्थी र शिक्षकहरूको टीकाकरण गरिने
टीकाकरण 


कोलकाता, 23 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगाल सरकारले विद्यालयहरू खोल्ने तयार गर्दै राज्यभरिका महाविद्यालय र विश्वविद्यालयहरूमा पढ़ने सबै विद्यार्थीहरू र शिक्षकहरूको टीकाकरणको पहल शुरू गरेको छ। केही दिनअघि नै प्रेसिडेन्सी विश्वविद्यालयका विद्यार्थीहरूले यसको निम्ति अनिश्चितकालीन आन्दोलन शुरू गरेका थिए।

विद्यार्थीहरूले चॉंड़ोभन्दा चॉंड़ो परिसर खोल्ने र विद्यार्थीहरूलाई नि:शुल्क टीकाकरणको व्यवस्था गर्नुपर्ने माग गरेका थिए। यस सम्बन्धमा एक दिनअघि नै राज्य स्वास्थ्य विभागले सबै जिल्ला अधिकारीहरूलाई निर्देशिका जारी गरेको छ। यसमा सबै महाविद्यालय र विश्वविद्यालयका विद्यार्थीहरूको निम्ति टीकाकरणको व्यवस्था तत्काल गर्ने निर्देश दिइएको छ। निर्देशमा दुर्गा पूजापछि सबै महाविद्यालय र विश्वविद्यालयहरू खोल्ने संकेत पनि दिइएको छ। यस कारण अगावै संक्रमण रोकथामको निम्ति टीकाकरणको व्यवस्था गरिॅंदैछ।

जिल्ला अधिकारीहरूलाई जून निर्देशिका जारी गरिएको छ, त्यसमा स्पष्टरूपमा भनिएको छ कि टीकाकरण केन्द्रमा विद्यार्थीहरूको निम्ति भिन्नै व्यवस्था गरिनु पर्नेछ ताकि उनीहरूको चॉंड़ोभन्दा चॉंड़ो टीकाकरण गर्न सकियोस। सरकारको यो निर्णयले चॉंड़ै राज्यभरि विद्यार्थीहरूको टीकाकरणपछि शैक्षिक संस्थानहरू खोल्ने प्रक्रिया शुरू गरिने मान्न सकिन्छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande