मुम्बई, 24 जनवरी (हि.स.)। सोशियल मिडियामा अहिले अनुष्का शर्मा र विराट कोहलीकी छोरी वामिकाको फोटो निकै भाइरल भइरहेको छ। हालैमा एउटा म्याच अवधि अनुष्का र विराटकी छोरीको फोटो अचानक क्लिक गरेपछि सोशियल मिडियामा भाइरल हुन थालेको छ। यसपछि, अनुष्का निकै रिसाएकी छन् र यस विषयमा प्रतिक्रिया पनि दिएकी छन्।
अनुष्का शर्माले आफ्नो इन्स्टा स्टोरीमा पोस्ट साझा गर्दै लेखेकी छन्, 'हाय गाइज! हिजो स्टेडियममा हाम्रो छोरीको फोटो क्लिक गरिएको थियो र त्यसपछि सोशियल मिडियामा शेयर गरियो। हामी तपाईहरू सबैलाई भन्न चाहन्छौ कि हामीलाई अचानक क्याप्चार गरियो। हामीलाई थाहा थिएन त्यहॉं क्यामेरा लागेको छ भनेर। यस विषयमा हाम्रो रिक्वेस्ट त्यही नै छ जुन पहिला थियो। वामिकाको फोटो क्लिक नगरियोस् र बिना कारण पब्लिश नगरियोस्, यसको हामी सराहना गर्ने छौ। धन्यवाद।
हिन्दुस्थान समाचार/बिशाल