Custom Heading

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले हिमाचल प्रदेशको स्थापना दिवसमा शुभकामना दिए
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री


नयॉं दिल्ली, 25 जनवरी (हि.स.)। राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति एम. वेंकैया नायडू र प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार हिमाचल प्रदेशको स्थापना दिवसमा राज्यका जनतालाई शुभकामना दिॅंदै प्रदेशको निरन्तर प्रगतिको कामना गरेका छन्।

राष्ट्रपति कोविन्दले ट्वीट सन्देशमा भनेका छन्, 'अध्यात्म, संस्कृति र पर्यटनको प्रमुख केन्द्र 'देवभूमि' हिमाचल प्रदेशका सबै निवासीहरूलाई राज्य स्थापना दिवसको हार्दिक बधाई। मलाई विश्वास छ, यहॉंका कर्मठ निवासीहरूले आफ्ना सांस्कृतिक विरासतको संवर्धन गर्दै यस प्रदेशलाई आधुनिक विकासको शिखरसम्म लिएर जानेछन्।'

उपराष्ट्रपति नायडूले ट्वीटमा भनेका छन्, 'देवभूमि, हिमाचल प्रदेशको स्थापना दिवसमा यहॉंका पुरुषार्थी निवासीहरूको उज्जवल भविष्यको हार्दिक शुभकामना। यस प्रदेशमा प्रकृतिको असीम कृपा रहेको छ, यहॉंको संस्कृतिमा पनि प्रकृति सामेल छ। प्रकृति र संस्कृतिको मणि कांचन योगले हिमाचल प्रदेशको सौन्दर्यलाई दिव्यता प्रदान गर्दछ।'

प्रधानमन्त्री मोदीले ट्वीट सन्देशमा भनेका छन्, 'हिमाचल प्रदेशका सबै मानिसहरूलाई पूर्ण राज्यत्व दिवसमा अनेक शुभकामना। प्रकृतिको काखमा बसेको यो राज्य निरन्तर प्रगतिको मार्गमा अग्रसर बनिरहोस् भन्ने मेरो कामना र देशको विकासमा पनि आफ्नो महत्वपूर्ण भागीदारी निर्वाह गरिरहुन्।'

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande