Custom Heading

पेट्रोल-डीजलको दाम स्थिर, कॉंचो तेलको दाममा घट-बढ़ जारी
पेट्रोल-डीजलको दाम स्थिर


नयॉं दिल्ली, 25 जनवरी (हि.स.)। अन्तरराष्ट्रिय बजारमा कॉंचो तेलको दाममा घट-बढ़ जारी रहे तापनि सार्वजनिक क्षेत्रका तेल विपणन कम्पनीहरूले गत 82 दिनदेखि दुवै इन्धनहरूको दाममा कुनै परिवर्तन गरेको छैन। घरेलू बजारमा पेट्रोल-डीजलको दाम स्थिर रहेको छ। दिल्लीमा मंगलवार पेट्रोलको दाम 95.41 रूपियॉंप्रति लिटर र डीजलको दाम 86.67 रूपियॉंप्रति लिटरमा स्थिर रहेको छ।

इण्डियन ओएलको वेबसाइट अनुसार देशका अन्य महानगरहरू मुम्बई, कोलकाता र चेन्नईमा पेट्रोलको दाम क्रमश: 109.98 रूपियॉं, 104.67 रूपियॉं र 101.40 रूपियॉं रहेको छ। यसरी नै यी महानगरहरूमा डीजलको दाम क्रमश: 94.14 रूपियॉं, 89.79 रूपियॉं र 91.43 रूपियॉंमा स्थिर रहेको छ।

उल्लेखनीय छ, संसारभरि कोरोना भाइरसको नयॉं भेरियन्ट ओमिक्रोनको बढ्दो मामिलाबीच अन्तरराष्ट्रिय बजारमा कॉंचो तेलको दाममा घट-बढ़ जारी रहेको छ। अमेरिकी बजारमा डब्ल्यूटीआई क्रूडको दाम 83.76 डलरप्रति ब्यारल र ब्रेन्ट क्रूडको दाम 86.89 डलरप्रति ब्यारल पुगेको छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande