गान्तोक, 25 जनवरी (हि.स.)। रानीपुल पुलिसले भारी मात्रामा प्रतिबन्धित नशालु पदार्थको साथमा दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने दुई आरोपितको नाम सुमित गुरूङ र आशिष गुरूङ रहेको बताइएको छ। दुवै रादङ, रानीपुल निवासी हुन्।
पुलिस अनुसार विश्वसनीय सूत्रको सूचनाको आधारमा रानीपुल पुलिसको एक टीमले रादङ, रानीपुलस्थित आरोपितको घरमा छापा माऱ्यो। यस अवधि पुलिसले 1744 वटा स्पासमो प्रोक्सिवन क्याप्सुल र 16 बोतल कफ सिरफ भेटायो। दुवैलाई पुलिसले धेरै समयदेखि खोजिरहेको पनि बताइएको छ। आरोपितहरूलाई पक्राउ गरेर एनडीपीएस अन्तर्गत मामिला दर्ता गरिएको छ।
हिन्दुस्थान समाचार/बिशाल